
चुनाव घोषणाप्रति नेप्से परिसूचक भने नकारात्मक देखिएको छ । चुनाव घोषणा भएको २ दिनमा नेप्से ७३.२२ अंकले घटेको छ ।
चुनाव घोषणा भएको दिन बिहीवार ३८.६१ अंकले घटेको नेप्से परिसूचक शुक्रवार पनि ३४.६१ अंकले घटेको छ । बुधवार २१८६.७७ अंक पुगेको नेप्से शुक्रवारको कारोबारपछि २११३.५५ मा सीमित भएको छ ।
शुक्रवारको नेप्सेको कारोबारमा सबैभन्दा बढी कमाउनेमा जोशी हाइड्रोपावरको शेयर ५.९१ प्रतिशतले बढेको छ भने यो दिन सबैभन्दा बढी गुमाउनेमा मैलुङखोला जलविद्युत् कम्पनीको ७.१८ प्रतिशत रहेको छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये शुक्रवार २१३ कम्पनीको ६४ लाख कित्ता शेयरको ४० हजार पटक कारोबार भएको छ । यसबाट कुल २ अर्ब ६२ करोड रुपैयाँ करोबार भएको नेप्सेले जानकारी दिएको छ ।
शुक्रवारको सबैभन्दा बढी कारोबार गर्नेमा शिवम् सिमेन्ट रहेको छ । यो कम्पनीले एकैदिन १५ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार गरेको छ ।