२३ असार २०८३, मंगलबार

दुर्गेश थापाले ल्याए ‘बिच्च बिच्चमा ६’ [भिडियोसहित]

दुर्गेश थापाले ल्याए ‘बिच्च बिच्चमा ६’ [भिडियोसहित]

दुर्गेश थापाले तीन वर्षअघिको आफ्नो सर्वाधिक चर्चित गीत ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’को भाग ६ सार्वजनिक गरेका छन् । उनले शुक्रवार आफ्नै शब्द, संगीत र स्वरमा नयाँ गीत ‘बिच्च बिच्चमा ६’ सार्वजनिक गरेका हुन् । 

श्यामश्वेत रसाईलीले गीतको एरेन्ज तथा मिक्सिङ गरेका हुन् । 

दुर्गेशले यसपटक गीतमा केही सन्देश बोकेर आएको बताएका छन् ।

भिडियो फेसबुकमा शेयर गर्दै लेखेका छन्, ‘सदियौँदेखि छोरा–छोरीबीच हुने भेदभावको विषयमा यसपटकको ‘बिच्च बिच्चमा ६’ । तपाईँहरूको सल्लाह/सुझावलाई शिरोपर गर्दै केही सन्देश बोकेर आएको छु ।’ 

विगतमा जस्तै यसपटक पनि भिडियोमा दुर्गेश स्वयंले अभिनय गरेका छन् । साथमा, बाल कलाकारद्वय जेविन र जेविस श्रेष्ठको भिडियोमा फिचर्ड छन् । 

क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।

 

salt training

कमेन्ट गर्नुहोस्