×

NMB BANK
NIC ASIA

यी प्रक्रिया पूरा गर्नुस्, १५ मिनेटमै पाइन्छ राष्ट्रिय परिचय पत्र

साउन २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंको ठमेल घर भएका पूर्णकुमार श्रेष्ठ बुधवार दिउँसो राष्ट्रिय सभा गृहमा भेटिए । 

Muktinath Bank

उनी त्यहाँ राष्ट्रिय परिचयपत्र बनाउनका लागि पत्नीसहित पुगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय परिचयपत्र बनाउन दैनिक जसो सभागृहमा भीड लाग्ने गरेको छ ।


Advertisment
Nabil box
Kumari

सोही भीडमा बुधवार दिउँसो श्रेष्ठ भेटिए । 

Vianet communication
Laxmi Bank

लोकान्तरले श्रेष्ठलाई राष्ट्रिय परिचयपत्र बनाउन के–के प्रक्रिया पूरा गरेर आउनुभयो ? भनेर प्रश्न सोध्यो । 

जवाफमा उनले बेलिबिस्तार लगाए ।

उनले शुरूमा ठमेलकै एक निजी साइबरबाट अनलाइन फारम भरेका रहेछन् । कम्प्युटर वा ल्यापटप र इन्टरनेट हुने हो भने अनलाइन फर्म आफैँ पनि भर्न सकिने उनले बताए । 

सरकारले राष्ट्रिय परिचयपत्र बनाउनका लागि शुरूमा अनलाइन आवेदन गर्नुपर्ने व्यवस्था गरेपछि जताबाट पनि आवेदन दिन मिल्दा सहज भएको उनले सुनाए । 

अनलाइन आवेदन दिएको ५ मिनेटभित्रमै साइबरले फारम भरेको बिल दिए । 

उनले त्यहाँ २ सय रुपैयाँ शुल्क तिरेर फारम भरेको सुनाए । 

फारम भरेर बिल लिएपछि उनी ठमेलबाट दिउँसो करीब साढे २ बजे राष्ट्रिय सभागृह आइपुगेका थिए ।

त्यहाँ उनले टोकन लिएनन् । टोकन सकिसकेकाले नलिएको उनले बताए । 

त्यसपछि त्यहाँ उनले साइबरले प्रिन्ट गरेर दिएको कागज भित्र बुझाए ।

१०/१५ मिनेट प्रतिक्षा गरेपछि भित्रबाट उनको नाम बोलाइयो । भित्र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आफ्ना कर्मचारी खटाएको छ । 

‘को अगाडि पुगेको छ, सोही अनुसार नाम बोलाइयो,’ उनले भने ।

त्यसपछि उनले त्यहाँ विवाह दर्ता र नागरिकताको प्रमाणपत्र पेश गरे । 

भित्रका कर्मचारीले फारम र नागरिकता तथा विवाह दर्ता रुजु गरे । 

करीब ५/७ मिनेटमा उनले राष्ट्रिय परिचय पत्रको नम्बर पाए । 

उनले भने, ‘राष्ट्रिय परिचयपत्र पाउन निकै सजिलो रहेछ । मैले करीब आधा घन्टाभित्रमा नम्बर पाइसकेको थिएँ ।’

श्रेष्ठले आफूले किन निजी साइबरमा फारम भरेको भन्ने पनि सुनाए । 

उनले सरकारीमा भन्दा निजीमा छिटो फारम भर्न सकिने भएकाले आफूले निजीमा फारम भरेको बताए । 

‘निजीमा फारम छिटो हुने रहेछ । सरकारीमा चाहिँ भीड पनि बढी, काम पनि ढिला हुने गरेको छ,’ उनले भने ।

०००


राष्ट्रिय सभागृहमा श्रेष्ठ मात्रै हैन अरू सेवाग्राही पनि राष्ट्रिय परिचयपत्र बनाउनका लागि गएका छन् । 

ती मध्ये एक सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रिया सहज भएको बताए । यद्यपि उनको भने नागरिकतामा जन्म मिति स्पष्ट नभएका कारण काम रोकिएको रहेछ ।

उनी पहिलोपटक आइतवार राष्ट्रिय सभागृहमा परिचयपत्र बनाउन पुगेका रहेछन् । 

विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि उनले आवेदन दिएका रहेछन् । 

उनलाई जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकतामा जन्ममिति स्पष्ट बनाएर ल्याउन भनियो । 

ती सेवाग्राहीले भने, ‘मैले अहिले नागरिकता सच्याएर ल्याएको छु, अब केहीबेरमै मेरो पालो आउँछ ।’

यी दुई प्रतिनिधि पात्र हुन् ।

राष्ट्रिय सभागृहमा रहेको राष्ट्रिय परिचयपत्रको कार्यालयले दैनिक १ सय २० जनाभन्दा बढीलाई राष्ट्रिय परिचय पत्रको नम्बर दिँदै आएको छ । 

२०७८ चैत २८ गतेदेखि यस कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको काम शुरू गरेको थियो । कार्यालयले बिहान ९ बजेदेखि टोकन वितरण गर्ने गर्छ ।

करीब १ घण्टामा प्रायले टोकन पाउँछन् । 

टोकन लिएर उनीहरू आफ्नो अनुकूलमा बाहिर खाजा खाने, बस्ने वा अन्य केही काम गर्न समेत पाउने अवस्था रहन्छ ।

कतिपय त घरमा पुगेर वा अफिसमा केही समय काम गरेर समेत एकछिनपछि परिचयपत्रका लागि आफ्नो टोकन लिएर त्यहाँ पुग्न सक्छन् । 

त्यसपछि उनीहरूले आफ्नो पालोमा भित्र खटिएका कर्मचारीलाई कागजात दिन्छन् । 

भित्रका कर्मचारीले कागजात रूजु गरिसकेपछि राष्ट्रिय परिचयपत्रका लागि योग्य भएको वा नभएको यकिन गरिने र योग्य पाइए नम्बर दिइने कार्यालयले जनाएको छ ।

के–के कागजात आवश्यक पर्छ ? 

शुरूमा राष्ट्रिय परिचय पत्रका लागि अनलाइनमार्फत आवेदन दिन सकिन्छ । 

विभागको वेबसाइटमा गएर परिचयपत्रका लागि आवेदन दिनुपर्ने हुन्छ । 

जिल्ला प्रशासन कार्यालयमा पुगेर वा आफू नजिकैको साइबर सेन्टरमा वा आफैंले पनि अनलाइन आवेदन दिन सकिन्छ । 

त्यसपछि त्यहाँबाट आफ्नो क्षेत्रका लागि तोकिएको राष्ट्रिय परिचयपत्र दिने कार्यालयमा आफ्नो कागजातसहित पुग्नुपर्ने हुन्छ । 

आवश्यक कागजातहरूमा नेपाली नागरिकताको प्रमाणपत्र, विवाह गरेको भएमा विवाह दर्ताको प्रमाणपत्र, बसाईंसराइ प्रमाणपत्र लैजानुपर्छ । 

तपाईंको श्रीमान वा श्रीमतीको मृत्यु भएको भएमा मुत्युदर्ता वा सो विवरण खुल्ने कागजात साथमा लैजानुपर्छ ।

परिचयपत्र बनाउनका लागि कार्यालयमा पुगेका नागरिकले यी सबै प्रक्रिया पूरा गरेपछि भित्र तस्वीर खिचाउनुपर्छ । 

तस्वीर खिचाउनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकै तरिका वा नियम बनाएको छ । 

तस्वीर खिचाउनका लागि पुरुषले आफ्नो आँखा, कान तथा मुख स्पष्ट देखाउनुपर्ने हुन्छ । तस्वीर खिच्दा आँखामा चस्मा लगाउन निषेध गरिएको छ ।

आँखाको रेटिनाको  तस्वीर लिनुपर्ने हुनाले चस्मा निषेध गरिएको विभागले जनाएको छ । 

तस्वीर खिच्दा ढाकाको टोपी लगाउन पाइन्छ तर, क्याप टोपी लगाउन र कान छोप्न निषेध गरिएको छ । कानमा कुनै किसिमका गरगहना लगाउन पनि पाइँदैन ।

तर अन्य टोपीमा तस्वीर खिच्न निषेध गरिएको विभागले जनाएको छ ।

परिचय पत्र बनाउनेहरूले तस्वीर खिचाउँदा फेसमा ‘मेकअप’ गरेको हुनुहुँदैन, वास्तविक अनुहार देखिनुपर्छ ।

महिलालाई सामान्य टीका भने लगाउन दिइएको विभागले जनाएको छ ।

आफ्नो पालो आएपछि समग्रमा ५ देखि १५ मिनेटमा काम सकिने विभागले जनाएको छ । जेष्ठ नागरिकको हकमा भने समय केही लम्बिन सक्ने हुन्छ ।

कस्तो अवस्थामा हुन सक्छ ढिलाइ ?

राष्ट्रिय परिचयपत्रका लागि आवश्यक सम्पूर्ण कागजातहरू पूरा भएको खण्डमा सेवाग्राहीले तत्कालै सेवा पाउँछन् । तर, कागजातमा केही अस्पष्ट भएमा वा कागजात नै नभएमा काम रोकिन्छ ।

राष्ट्रिय सभागृहस्थित कार्यालयमा दिनमा करीब ५ देखि ७ जनाको कागजात स्पष्ट नभएकाले काम रोकिने र अर्को दिन बोलाइने गरेको कार्यालयमा खटिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक बद्रिमान नगरकोटीले जानकारी दिए । 

उनका अनुसार, कसैको नागरिकतामा जन्ममिति नखुलेको पाइने गरेको छ भने कसैको पानीले भिजेको नागरिकतामा मिति अस्पष्ट देखिँदा पनि काम रोकिने गरेको छ । 

कतिपयले बसाइँसराइको कागजात नल्याउँदा पनि काम रोकिने गरेको उनले बताए । 

यदि यी कागजातहरू स्पष्ट भएमा तत्कालै काम बन्ने उनको दाबी छ । 

उनले भने, ‘सबै कागजात भिडान भएमा आधा घन्टाभित्रमा राष्ट्रिय परिचयपत्रको काम सकिन्छ ।’

हरेक जिल्लामा हुँदैछ राष्ट्रिय परिचयपत्र बनाउने काम

यो तस्वीर हो, जिल्ला प्रशासन कार्यालय ललितपुरमा मंगलवार राष्ट्रिय परिचय पत्र बनाउन जानेहरूको । 

ललितपुर जिल्ला प्रशासन कार्यालयमा ललितपुर जिल्ला, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, सप्तरी र सर्लाही जिल्लाका नागरिकले परिचयपत्र बनाउन सक्ने व्यवस्था गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयले आएका विवरणहरू रुजु गर्ने काम गर्ने गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । 

उनले भने, ‘हामीले समन्वयको काम गरिरहेका छौं । प्रायः केही मिनेटमै परिचय पत्रका लागि नम्बर पाउने गरिएको अवस्था छ ।’

उनले एक दिनमा करीब २५० जना सेवाग्राहीलाई परिचयपत्रको नम्बर दिइरहेको जानकारी दिए । जिल्लाभरीका सबै स्थानीय तहमा अभियानकै रूपमा परिचयपत्र बनाउने काम चलेको उनले जानकारी दिए ।

उनले भने, ‘अबको डेढ महिनाभित्र हरेक वडाबाट अभियान सकिन्छ । हामीले निकै नै छिटो काम गरेको अवस्था छ ।’

सामान्यतया अभिलेख भिडान भएमा अनलाइन फर्म भरेर आएका व्यक्ति खाली हात फर्कने अवस्था नआउने उनले जानकारी दिए । 

‘केही गरी बाहिरी जिल्लाको हकमा अभिलेख भिडान भएन भने करीब ४ घन्टाभित्रमा काम सकिने गरेको छ,’ उनले भने, ‘अभिलेख भिडान नभएमा सम्बन्धित जिल्लामै सम्पर्क गरी अभिलेख रूजु गरेर मिलाउने अनि काम सकाउने गरिएको छ ।’

ललितपुर जिल्लाकै हकमा नम्बर भिडान नभएमा पनि करीब १ घन्टाभित्रै सबै काम सकिने उनले बताए ।

हालसम्म कतिले पाए परिचयपत्र ? 

सरकारले प्राथमिकताका साथ राष्ट्रिय परिचय पत्र बनाउने कार्य गरेसँगै यतिखेर हरेक जिल्ला प्रशासन कार्यालयमा भीड लाग्ने गरेको छ । 

काठमाडौं उपत्यकाका ३ वटा जिल्ला प्रशासन कार्यालय मात्र नभई मुलुकभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र विगत केही समयदेखि बनाइँदै आएको छ । 

राष्ट्रिय परिचय पत्र बनाउनका लागि सरकारले गृहमन्त्रालय मातहतमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग खडा गरेको छ । 

२०७५ असोजदेखि नागरिकको डिजिटल पहिचान स्थापना गर्नेगरी ‘राष्ट्रिय परिचयपत्र’ वितरणको कार्य हुँदै आएको छ ।

यस विभागले हरेक जिल्ला प्रशासन कार्यालयमा आफ्ना कर्मचारीहरू खटाएर राष्ट्रिय परिचयपत्र वितरण गर्दै आएको विभागका महानिर्देशक तीर्थराज भट्टराईले जानकारी दिए  । 

उनका अनुसार, हरेक जिल्लामा कम्तीमा ४ वटासम्म स्टेसन बनाइएको छ । उपत्यकामा भने बाहिरी जिल्लाको पनि काम गरिएको उनले जानकारी दिए । 

आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा विवरण प्रविष्ट गर्नेको संख्या ८० लाख ७५ हजार रहेको उनले जानकारी दिए । 

अबको २ वर्षभित्रमा उमेर पुगेका सबै नागरिकले परिचयपत्र पाउने उनले बताए । 

परिचय पत्रका लागि केही समय पर्खनुपर्ने उनले जानकारी दिए । 

उनले भने, ‘कार्ड छाप्न भने समय लाग्छ, अहिले नम्बरले नै काम चल्छ ।’

कुल जिल्लाका सेवाग्राही परिचयपत्र बनाउन कहाँ जाने ? 

मुख्यतः सेवाग्राही राष्ट्रिय परिचय पत्रका लागि आफ्नै जिल्ला प्रशासन कार्यालयमा जानुपर्छ। 

अत्यावश्यक अवस्थामा कारण खुलाएर काठमाडौं उपत्यकाबाट नै उम्मेदवारी दिन सकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

बाग्मती प्रदेशका ललितपुर र भक्तपुर बाहेकका सबै जिल्लाका सेवाग्राहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट परिचयपत्रका लागि विवरण दर्ता गर्न सक्नेछन् ।

मधेश प्रदेशका पर्सा र धनुषाका सेवाग्राहीले पनि काठमाडौं जिल्ला प्रशासनबाट सेवा लिन सक्नेछन् ।

ललितपुर र भक्तपुरका सेवाग्राहीले सम्बन्धित जिल्लामा नै सेवा लिनुपर्ने व्यवस्था गरिएको विभागका महानिर्देशक तीर्थराज भट्टराईले जानकारी दिए । 

यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका सेवाग्राहीले अत्यावश्यक अवस्थामा जिल्ला प्रशासन कार्यालय ललितपुरबाट सेवा लिन सक्नेछन् ।

मधेश प्रदेशका सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीहरूले पनि जिल्ला प्रशासन कार्यालय ललितपुरबाट सेवा लिन सक्नेछन् । 

प्रदेश नम्बर १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश र प्रदेश नम्बर २ का सिराहा, महोत्तरी, बारा, र रौतहट जिल्लाका सेवाग्राहीले काठमाडौंको नारायणहिटी दरबार परिसरमा रहेको साविकको राहदानी विभागबाट विवरण दर्ता गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ । 

राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य व्यवस्था भएपछि विभागले अत्यावश्यक प्रयोजन भनेर राहदानी बनाउने कार्यलाई जनाएको छ । 

त्यसकारण यी तोकिएको तीन ठाउँबाट अत्यावश्यक रूपमा सेवा लिन सक्ने तर सामान्य अवस्थामा भने आफ्नै जिल्लामा जानुपर्ने महानिर्देशक भट्टराईले जानकारी दिए ।

हेर्नुहोस्, अत्यावश्यक अवस्थामा जाने कार्यालयहरूको सूची :

अनलाइन फारम भर्ने लिंक :

http://www.nidmc.gov.np/PreEnrollment/

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x