२९ असार २०८३, सोमबार

आसन्न चुनावका लागि निर्वाचन आयोगले गर्‍यो दल दर्ता आह्वान

आसन्न चुनावका लागि निर्वाचन आयोगले गर्‍यो दल दर्ता आह्वान

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन २०७९ का लागि दल दर्ता आह्वान गरेको छ ।

मंसिर ४ गते आइतवारका दिन हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि आयोगमा साउन १० गतेसम्म दर्ता कायम भएका दललाई दर्ता हुन आह्वान गरिएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै दल दर्ताको आह्वान गरिएको जनाएका हुन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम संवत् २०७९ साल श्रावण २२ गतेदेखि २०७९ साल श्रावण ३१ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंस्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ । निवेदनको ढाँचा आयोगको वेबसाइटबाट डाउनलोड गर्न वा आयोगको सचिवालयबाट प्राप्त गर्न सकिनेछ ।’

दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । ‘यसरी दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा ७ वटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्नेछ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४९ बमोजिम २ वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१३ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । दल दर्ताका लागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरू पूरा गरेको र यी शर्तहरू पूरा गर्ने प्रतिबद्धता जनाएको पत्र समेत निवेदनसाथ संलग्न हुनुपर्ने र आयोगबाट स्वीकृत रुजुसूची (चेकलिष्ट) भरी प्रमुख पदाधिकारी वा प्रमुख पदाधिकारीले अधिकार दिएको व्यक्तिले प्रमाणित गरी पेश गर्नुपर्नेछ ।

आयोगले दल दर्ता प्रयोजनको लागि सार्वजनिक बिदाको दिनमा समेत आयोगको कार्यालय खुला रहने र अन्य थप जानकारीको लागि आयोगको टेलिफोन नम्बर ०१–५३२३१८२, ४२२९६४३ मा सम्पर्क राख्न सकिने समेत व्यवस्था मिलाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्