
जिल्ला जनस्वास्थ्य कार्यालयले दक्ष स्वास्थ्यकर्मीसहित बाँके जिल्लाका वैजापुर गाउँ लगायत १३ गाउँमा प्रसूति सेवा सञ्चालन गरेको छ ।
जिल्लाको पूर्वी बैजापुरबाट पश्चिमको सोनपुर स्वास्थ्य केन्द्रमा स्थानीय स्वास्थ्य निकायको पहलमा प्रसूति सेवा सञ्चालनमा आएको जनाइएको छ ।
गाउँमै प्रसूति सेवा सञ्चालनमा आएपछि सामान्य अवस्थाको प्रसूतिका लागि नेपालगञ्ज धाउनुपर्ने सेवाग्राहीको बाध्यताको अन्त्य भएको छ । साविकको ४६ गाविस रहेको बाँकेमा अहिले ८ स्थानीय तह छन् । ६ गाउँपालिका र २ नगरपालिका छन् ।
सो स्थानमा सेवा सञ्चालन गर्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायसँग छलफल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताए ।