×

NMB BANK
NIC ASIA

ब्रिटेनमा तालबाट निस्कियो डरलाग्दो गाउँ, सयौँ वर्ष पुरानो पुलको तस्वीर सार्वजनिक !

साउन २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भीषण गर्मीका कारण ब्रिटेनमा ताल तथा नदीहरू सुक्दै गइरहेका छन् । सुक्खापनका कारण ब्रिटेनमा करिब ७० वर्ष पहिले तालमा डुबेको एक गाउँको अवशेष देखिन थालेको छ । त्यहाँ सयौँ वर्ष पुरानो एक पुलको अवशेष पनि देखिएको छ । 

Muktinath Bank

सन् १९५० को दशकमा बेटिङ्ग्स नामको एक सानो गाउँ बेटिङ्ग्स तालमा डुबेको थियो । उक्त गाउँ पश्चिम योर्कशायर पेनिन हिल्समा थियो । उक्त गाउँमा सयौँ वर्ष पुरानो एक प्याकहर्स पुल पनि थियो । उक्त पुल मध्ययुगमा निर्माण गरिएको अनुमान गरिएको छ । जब ब्रिटेनमा विकिङको कब्जा थियो, यही पुलले योर्कशायर र ल्यांकशायरलाई जोड्ने गरेको बताइन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

सन् १९५६ मा उक्त ताल वकेफिल्ड नामक शहरमा पानी लैजानका लागि बनाइएको थियो । अहिले उक्त तालमा पानीको स्तर निकै कम भइरहेको छ । उक्त तालमा पानी घटेपछि योर्कशायर वाटरले पाइपमार्फत योर्कशायरको पानी लैजान घोषणा गरेको छ । यदी उक्त तालमा योर्कशायरको पानी मिसाइएमा त्यसपछि उक्त पानी घरेलु प्रयोजनका लागि प्रयोग गर्न सकिने छैन । 

Vianet communication
Laxmi Bank

योर्कशायर पोष्टका अनुसार उक्त पानीमुनि दबेको गाउँको इतिहास निकै डरलाग्दो छ । सन् १९८९ मा उक्त इलाकामा एक शव पाइएको थियो । उक्त शवको टाउकोमा गोली लागेको थियो । तालको पानी सुकेपछि उनको मृत शरीर पाइएको थियो । परीक्षणका क्रममा उक्त शव लारेन्स विंन्स्टल भएको पत्ता लागेको थियो । हत्या गरिएको बखत उनी २३ वर्षका थिए । उक्त हत्याकाण्डको कारण हालसम्म पत्ता लागेको छैन । त्यस समय तालको पानी १२ मिटरसम्म तल गएको थियो । 

हाल उक्त तालको पानी ५० प्रतिशतभन्दा धेरै सुकेको छ । तालमा पानी सुकेपछि पुरानो गाउँ र पुलको अवशेष देखिन थालेको योर्कशायर पोष्टले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x