×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

खनाल र नेम्वाङको विरासत जोडिएको इलामको चुनावी हिसाब– एमाले विभाजनले उल्टिएला नतिजा ?

साउन २९, २०७९

NTC
Premier Steels

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेपछि पूर्वी पहाडी जिल्ला इलाममा पनि चुनावी चहलपहल बढेको छ । पहाडको चिसोलाई चुनावी माहोलले तताउँदै लैजान थालेको छ । 

Muktinath Bank

पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङको परम्परागत निर्वाचन क्षेत्र रहेको इलाममा यी दुईको भविष्यलाई लिएर नै बढी चर्चा भइरहेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामोसमय एउटै पार्टीबाट राजनीति गरेका दुई सहकर्मी अहिले अलग–अलग पार्टीमा छन् । एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता हुन् भने नेम्वाङ एमालेको उपाध्यक्ष छन् ।


Advertisment
Nabil box
Kumari

२०४८ सालयताका ६ वटा निर्वाचनमध्ये ५ पटक चुनाव जितेका खनालको यसपटकको चुनावी यात्रालाई फरक ढंगबाट विश्लेषण गर्न थालिएको छ ।

Vianet communication

इलामको क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका खनाल २०५६ सालमा पराजित भएका थिए । ०४८ र ०५१ म जितेका खनाल त्यसपछि ०६४, ०७० र ०७४ सालको चुनावमा लगातार जितेर ह्याट्रिक गर्न सफल भए ।

तर, परम्परागत रूपमा जित्दै आएको पार्टी र चुनाव चिह्न अहिले खनालको साथमा छैन । उनले कलम चिह्नबाट प्रतिस्पर्धा गर्दा विपक्षमा सूर्य चिह्नबाहक उम्मेदवार खडा हुनेछन् ।

सूर्य त्यही चिह्न हो, कुनैबेला खनाल जसको सर्वेसर्वा (अध्यक्ष) थिए ।

०७४ सालको निर्वाचनमा इलाम निर्वाचन क्षेत्र नम्बर १ मा एमाले र माओवादीको गठबन्धन हुँदा खनाल ३६ हजार ८०५ मत ल्याएर विजयी बनेका थिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३८ मत मात्रै ल्याए ।

यसपटक खनाल माओवादी र कांग्रेसको समर्थनमा फरक पार्टीबाट खडा हुनेछन् । 

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको वडागत मतलाई नियाल्दा यो क्षेत्रबाट एमाले र कांग्रेसले हाराहारीमै मत ल्याएका छन् । झलनाथको पार्टी एकीकृत समाजवादी निकै मतान्तरले तेस्रो छ ।

यो क्षेत्रबाट एमालेले २६ हजार २३३ मत ल्याउँदा कांग्रेसले २५ हजार ७७२, एकीकृत समाजवादीले ९ हजार ४ सय ८१, जसपाले १ हजार ८२९ र माओवादीले १ हजार २३५ मत ल्याएका छन् ।

एकीकृत समाजवादीले यस क्षेत्रमा ६ वटा वडा र सूर्योदय नगरपालिकाको मेयर जितेको छ ।

खनालका लागि एउटा सुखद् कुरा के हो भने यस क्षेत्रमा एमालेबाट 'हेभीवेट' उम्मेदवार खडा हुने सम्भावना कम छ । अर्कातर्फ कांग्रेससहित गठबन्धन सहकर्मीहरूको सहयोग उनको साथमा हुनेछ ।

यस क्षेत्रमा एमालेबाट एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र सूर्योदय नगरपालिकाको मेयरमा पराजित काजीमान कागतेको नाम चर्चामा छ । कागते यसअघि प्रदेशसभा सदस्य थिए । प्रदेशसभाबाट राजीनामा दिएर मेयरको उम्मेदवार बनेका उनी पराजित भए ।

उनलाई खनाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता रणबहादुर राईले पराजित गरेका हुन् ।

गठबन्धन हुँदा खनालले टिकट पाउने भन्दै कांग्रेसका नेताहरू भने अहिलेसम्म चुपचाप छन् । 

एमाले फुट्दा जित्ने आंकलन गरेर बसेका कांग्रेस नेताहरूका लागि दाँतमा ढुंगा लागेझैँ भएको छ, यो क्षेत्र । ०५६ सालमा खनाललाई पराजित गर्ने बेनुपराज प्रसाईं कांग्रेस उम्मेदवार बन्नुपर्ने आवाज कांग्रेसमा उठेको छ ।

हार्नै नजानेका नेम्वाङले जित्लान् चुनाव ?

इलाममा २०५६ सालदेखि लगातार चुनाव जितेर सांसद बनिरहेका सुवास नेम्वाङले यसपटक के गर्लान् भन्ने विषयमा जिल्लाव्यापी रूपमा चासो छ । २०४८ र २०५२ मा गरी दुईपटक राष्ट्रिय सभाको अध्यक्ष, २०५६ को संसदीय निर्वाचनमा विजयी भएका सुवास नेम्वाङ मन्त्री बनिसकेका छन् भने दुईपटक संविधानसभाको अध्यक्ष पनि रहिसकेका छन् ।

०६४ सालको संविधानसभा निर्वाचन, ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए ।  उनी ०७४ को संसदीय निर्वाचनमा माओवादी र एमालेबीचको गठबन्धनबाट विजयी बनेका थिए । उनले त्यसबेला ३६ हजार ५१७ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८६५ मत ल्याएका थिए । 

सो क्षेत्रमा अहिले कांग्रेस हौसिएको छ । एमाले फुटेको फाइदा उठाउने दाउमा कांग्रेस देखिन्छ । वाम किल्ला भनिएको यस क्षेत्रमा वामपन्थीकै मत लिएर चुनाव जित्ने रणनीतिमा कांग्रेस रहेको छ । कांग्रेसमा केशव थापा र भेषराज आचार्य उम्मेदवारका लागि चर्चामा छन् । यस्तै कांग्रेसका इलाम जिल्ला सभापति डम्बर खड्का पनि टिकटका लागि लबिङमा छन् ।

स्थानीय तह २०७९ को मत परिणाम अनुसार नेम्वाङको क्षेत्रमा वडाध्यक्षहरूले प्राप्त गरेको मत हेर्दा एमाले एक्लैले ३२ हजार ५२७ मत ल्याएको छ । यता गठबन्धन दलहरू कांग्रेस, माओवादी, नेकपा एस र जसपाको मत जोड्दा ३६ हजार ५६२ मत हुन आउँछ । गठबन्धनले यो मतलाई प्रतिनिधि सभामा पनि दोहोर्‍याउन सकेमा नेम्वाङका लागि मुस्किल पर्ने देखिन्छ ।

तर, आफ्नो राष्ट्रिय छवि र एमालेको बलियो संगठन उनका बलिया पक्ष हुन् ।

त्यसो त कतिपयले इलाममा खनाल र नेम्वाङबीच अघोषित रूपमा सहकार्य हुनसक्ने चर्चा पनि गर्छन् । फरक–फरक पार्टीमा रहे पनि यी दुई नेताको सम्बन्ध खासै तिक्ततापूर्ण छैन ।

पढ्नुहोस्, यो पनि :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x