×

X
Nic Asia
Marvel
Khukuri

दराजमल फेस्ट आजबाट शुरू हुँदै, सामान किन्दा पाइन्छ छुट नै छुट

काठमाडाैं | साउन ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेपालको अग्रणी अनलाइन बजार, दराजले सोमवारदेखि दराजमल फेस्ट शुरू हुने घोषणा गरेको छ।

DHARA
LAxmi BAnk

यस अभियानले दराज मल मार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम शपिङ अनुभव प्रदान गर्ने कुरामा केन्द्रित हुनेछ कम्पनीले बताएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, रु ७००० सम्मको भाउचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, शेक शेक र वाल अफ फेम रहेको छ। 

दराजमल, दराजद्वारा शुरू गरिएको एक अनलाइन शपिंग मल हो जसमा सोनी, सामसंग,गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै ५०० भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित छन्। 


Advertisment
Bizbazar
Saurya island

१००% प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता नीतिसंग दराजमलले ग्राहकहरुलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्नको लागी प्रदान गर्दछ। त्यसै कारण, दराजमल फेस्ट ग्राहकहरुको लागी अद्भुत मूल्यहरुमा आफ्नो मनपर्ने प्रीमियम ब्रान्डहरु खरिद गर्नको लागी एक सुनौलो अवसर भएको  कम्पनीको भनाइ छ ।

विगतमा जस्तै, ग्राहकहरुले दराजमल फेस्टमा बैंक डेज छुट मार्फत डेबिट र क्रेडिट कार्डबाट प्री पेमेन्ट गर्दा थप १५ % रु ७५० सम्म छुट पाउन सकिनेछ। बैंक डेज अफर निम्नानुसार छन्।  

Vianet communication
IME BANK INNEWS

मंगलबार - ग्लोबल ई एम ई बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५% रु ७५० सम्मको छुट / डेबिट कार्ड भुक्तानीमा १०% ५०० सम्म छुट

बिहीबार - मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५% छुट / डेबिट कार्ड भुक्तानीमा १०% रु ५०० सम्म छुट

शुक्रबार - नबिल बैंकबाट डेबिट/क्रेडिट कार्ड भुक्तानीमा १०% छुट (अधिकतम रु ५००)

शनिबार - स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिट/क्रेडिट कार्ड भुक्तानीमा १०% छुट (अधिकतम रु ५००)।

त्यसमा थप्दै, पहिलो पटक भिसा कार्ड भएका दराज प्रयोगकर्ताहरूले भिसा डेबिट कार्ड/क्रेडिट कार्डमा १०% (अधिकतम रु. ५०० सम्म) को अतिरिक्त प्रि-पेमेन्ट छुट प्राप्त गर्न सक्छन्। त्यसैगरी, दराजमा किनमेल गर्ने र इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले १०% अधिकतम रु ३५० सम्मको छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यी बाहेक, ब्रान्ड अफ द डे जस्ता अफरहरूले ग्राहकहरूलाई उनीहरूको मनपर्ने ब्रान्डहरूमा थप छुटहरू प्राप्त गर्ने अवसर प्रदान गर्दछ। 

अभियानको अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुट दिनेछ। 

उदाहरणका लागि, आमायरा फेसन हाउसले आफ्ना सबै उत्पादनहरूमा ६०%सम्म छुट दिनेछ, एर्कले आफ्ना सबै उत्पादनहरूमा १०% सम्म छुट र फ्यानटेकले अभियानका क्रममा आफ्ना उत्पादनहरूमा ५५% सम्म छुट उपलब्ध गराउनेछ। तसर्थ, ग्राहकहरूलाई महोत्सव अवधिभर अपडेट रहन सल्लाह दिइन्छ।

अगाडि बढ्दै, धेरै लोकप्रिय एड टु कार्ट एण्ड विनले ग्राहकहरूलाई आफ्नो कार्टमा आफ्ना मनपर्ने दराज मल उत्पादनहरू थपेर अभियान भरि हरेक दिन भाउचर जित्ने मौका प्रदान गर्ने कम्पनीले जनाएको छ । ।

साथै, दराजका नयाँ प्रयोगकर्ताहरूले पहिलो अर्डरमा रु.२००को भाउचर प्राप्त गर्न सक्नेछन् भने दराज गेम्स, दराज लाइभ र सेलर भाउचर मार्फत थप छुट पनि पाउनेछन्।

'दराज मल फेस्ट भनेको प्रामाणिक उत्पादनहरू प्रदान गर्ने र दराजका ग्राहकहरूको समग्र किनमेल अनुभवलाई अभिवृद्धि गर्ने बारे एक अद्भुत अवसर हो,' कम्पनीले भनेको छ ।

दराज मल फेस्टबारे https://pages.daraz.com.np/wow/gcp/daraz/megascenario/np/darazmallfest2022/live-now मा थप जानकारी दिइएको छ ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १४, २०७९

विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर) मा आएका गुनासोलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मेयर नागेश कोइराला बिहान ६ बजे नै माछा–मासु पसलको अनुगमनमा निस्किएका छन् । अनु...

असोज १४, २०७९

वडादशैंका लागि सुर्खेतबाट ३ हजार ९ सय खसीबोका राजधानी पठाइएको छ । सुर्खेतको बराह ताल गाउँपालिका, भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिला सदस्यल...

असोज १४, २०७९

अम्बे ग्रुपले नेपालगञ्ज स्थित होटल सोल्टीमा आफ्ना लुम्बिनी र सुदुरपश्चिम प्रदेशका डिलरहरूलाई जमघट गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  ग्रुपका अध्यक्ष हरी न्यौपानेले  नेपालगञ्जमै दैन...

असोज १४, २०७९

१२५ सिसि सेगमेन्टकै सबैभन्दा शक्तिशाली स्कुटर टिभिएस एनटर्क १२५ रेस एक्सपी अब पोखरामा पनि उपलब्ध हुने भएको छ ।  यो सँगै अब सर्वसाधारणले पोखरा स्थित बतास ब्रदर्स प्रालिबाट पनि स्कुटर खरिद गर्न सक्ने कम्पनील...

असोज १४, २०७९

सूर्य नेपाल प्रालिले चाड दशैं, तिहार तथा छठलाई  लक्षित गरेर आफ्नो उत्पादन मंगलदीप पूजा अगरबत्तीको विभिन्न 'फेष्टिभ प्याकहरू' बजारमा सार्वजनिक गरेको छ ।   यस चाडपर्वमा अत्याधिक मात्रामा पूजा...

असोज १४, २०७९

नेपाली ई–कमर्स प्लेटफर्म बिजबजारले दशैँको अवसरमा  काठमाडौँ कीर्तिपुर स्थित हुपील्याण्ड नजिकै ११ वटा लिङ्गे पिङ सहित पिङ बजार सञ्चालन गरेको छ बिजबजारले कीर्तिपुर नगरपालिका वडा नम्बर ६ को वडा समित...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x