३० असार २०८३, मंगलबार

पिपुल्स पावर लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने

पिपुल्स पावर लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने

पिपुल्स पावर लिमिटेडले आज (साउन ३१ गते) देखि आईपीओ निष्काशन गर्दैछ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्काशन गरेपश्चात आजदेखि सर्वसाधारणका लागि आईपीओन निष्काशन गरेको हो।

कम्पनीले  सर्वसाधारणका लागि २२ लाख ९४ हजार ६८२ कित्ता शेयर निष्काशन गर्न लागेको हो  ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ५ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद भदौ १४ गतेसम्म लम्बिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन्।

यसअघि कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो। 

सोमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्