![शिक्षक बढुवाको नतिजा संशोधन, यस्तो छ बढुवा सिफारिस हुनेहरूको नयाँ नामावली [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/tsc_sixek_sewa_aayog_teacher_service_commission_3sNMwALLoa.jpg)
शिक्षक सेवा आयोगले बढुवा नतिजाको पुनरावलोकन गरी सूचना सार्वजनिक गरेको छ ।
आयोगले बुधवार गोरखापत्र दैनिकमा बढुवा नतिजाको पुनरावलोकन गरी सूचना सार्वजनिक गरेको हो ।
शिक्षक सेवा आयोगको बढुवा सिफारिस सचिवालय गण्डकी प्रदेश पोखराको सिफारिसमा गत असार ९ गते ७५ प्रतिशत कार्य सम्पादन मूल्यांकनका आधारमा हुने बढुवाको नामावली प्रकाशित भएको थियो ।
सो सिफारिस चित्त नबुझी उजुरी पर्न आएपछि पूर्वप्रकाशित बढुवा नतिजाको पुनरवलोकन गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार अहिले नामावली समेत संशोधन गरेर पठाइएको छ ।
को को छन् बढुवा सिफारिसमा पर्नेहरू ?
