×

NMB BANK
NIC ASIA

नेपाली फिल्ममा धेरैपछि त्रिपक्षीय प्रतिस्पर्धाः ‘कृष्ण लीला’, ‘माईकल अधिकारी’ र ‘प्रेमगञ्ज’ रिलिज

भदौ ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

फ्राइडे रिलिजअन्तर्गत शुक्रवार (आज) देखि तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र ‘कृष्ण लीला’, ‘माईकल अधिकारी’ र ‘प्रेमगञ्ज’ले कृष्ण जन्माष्टमीको अवसर पारेर आफ्नो देशव्यापी प्रदर्शन आरम्भ गरेका हुन् । एकसाथ तीन नेपाली चलचित्रको प्रतिस्पर्धा कोरोनापछिकै पहिलो हो । तीन चलचित्रमा कुनले बढी दर्शक हलसम्म तान्न सफल हुने हो ? कुन चलचित्रको व्यापार माथि हुने हो ? निकै चासोका साथ हेरिएको छ । 

Muktinath Bank

पुष्प र श्रद्धाको ‘कृष्ण लीला’  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिनेता पुष्प खड्का र डेब्यू अभिनेत्री श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्रलाई दीपक वलीले निर्देशन गरेका हुन् । सञ्चारकर्मीसमेत रहेका लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रले फरक खालको प्रेमकथा पेश गर्छ । निर्माण पक्षका अनुसार यो ‘अटिजम’ रोग पीडित युवकको प्रेम जीवनमा आउने उतार–चढावमा केन्द्रित चलचित्र हो । रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रमा बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मीलगायतको  शीर्ष भूमिका रहेको छ । चलचित्रका गीतहरू यसअघि स्रोता दर्शकले रुचाइसकेका छन् । चलचित्रलाई लिएर अभिनेता पुष्प, डेब्यू अभिनेत्री श्रद्धासँगै निर्माण टिम आशावादी देखिएको छ । 


Advertisment
Nabil box
Kumari

सेरोगेसीको कथामा ‘माईकल अधिकारी’

Vianet communication
Laxmi Bank

सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘माईकल अधिकारी’ सरोगेसी (कोख भाडामा दिने)को कथामा निर्माण भएको हो । रञ्जित रौनियारको निर्देशनमा तयार चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । सृष्टिले चलचित्रमा ‘सेरोगेट मदर’को भूमिका निर्वाह गरेकी छन् ।

गोपीकृष्ण मुभिज प्रोडक्सनको ब्यानरमा उद्धव पौडेलको प्रस्तुति रहेको चलचित्रलाई निरक पौडेलले निर्माण गरेका हुन् । चलचित्रमा सौगात र सृष्टिसँगै आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुवँर, हेमन्त बुढाथोकीलगायतको अभिनय छ । ‘रोज’ निर्माणको केही वर्षपछि गोपीकृष्ण मुभिजले ‘माईकल अधिकारी’को निर्माण गरेको हो । चलचित्रले गत बुधवार प्रिमियर शोसमेत आयोजना गरेको थियो । जहाँ राजनीतिज्ञ एवं चलचित्रकर्मीहरूले चलचित्र हेरेर सकारात्मक प्रतिक्रिया दिएका थिए 

दुई कालखण्डको रोचक प्रेमकथामा ‘प्रेमगञ्ज’

शुक्रवारदेखि प्रदर्शनमा आएको अर्को चलचित्र हो, प्रेमगञ्ज । परिच्छेद सेनको लेखन एवं निर्देशन रहेको चलचित्रले तीन पात्रको दुई कालखण्डको प्रेमकथालाई पेश गरेको छ । 

चलचित्रमा बेनिशा हमाल, सम्पदा बानियाँ, तेज गिरी, राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खड्काको मुख्य भूमिका रहेको छ । बैंकर रहेका तेजको ‘प्रेमगञ्ज’ डेब्यू चलचित्र हो । राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खड्काले पनि यसै चलचित्रमार्फत रजतपटमा डेब्यू गरेका हुन् । 

चलचित्रमा स्पटब्वाईका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । चलचित्रमा नरेश पौड्याल, रश्मी भट्ट, गीता अधिकारी, संजोग रसाईली, पवन भट्टराई, बाल कलाकार आयुषी ढकाललगायतको पनि अभिनय छ । अभिनेत्री सुरक्षा पन्त चलचित्रमा विशेष भूमिकामा प्रस्तुत छिन् । 

चलचित्रको गत मंगलबार राजधानीमा प्रिमियर शो आयोजना गरिएको थियो । जहाँ उपस्थितले चलचित्रलाई धेरैपछि आफूहरूले उत्कृष्ट लभस्टोरी चलचित्र हेर्न पाएको प्रतिक्रिया दिएका थिए ।

शुक्रवारदेखि यी तीन नेपाली चलचित्रसँगै पछिल्लो साता भारतमा चर्चा बटुलिरहेको हिन्दी डब चलचित्र ‘कात्तिकेय २’ पनि प्रदर्शनमा आएको छ । चन्दु मनदेती निर्देशित यस चलचित्रमा निखिल सिद्धार्थ, अनुपमा परमेश्वरम र अनुपम खेरको प्रमुख भूमिका छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x