×

NMB BANK
NIC ASIA

अर्बौ रुपैयाँ कमाउने फुटबलर किन चलाउँछन् फुटेको मोबाइल ?

भदौ ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण अफ्रिकी मुलुक सेनेगलका स्टार फुटबलर सादियो मानेको अढाई वर्ष पुरानो तस्वीर भाइरल भइरहेको छ । उनको तस्वीरमा लाखौँ कमेन्टहरू आइरहेका छन् । सबैले उनको प्रशंसा गरिरहेका छन् । अर्बौं रुपैयाँ कमाउने फुटबलरको सादगी जीवनको सबैले प्रशंसा गरिरहेका छन् । 

Muktinath Bank

तस्वीरमा ३० वर्षीय सादियो मानेले फुटेको आइफोन ११ बोकेका छन् । उक्त आइफोनको स्क्रीन नराम्रोसँग फुटेको छ । यो तस्वीर सन् २०१९ डिसेम्बरको हो । त्यससमय पनि सादियोको कमाई करौडौँ रुपैयाँ थियो । अहिले त उनको कमाई झनै बढेर अर्बौंको आँकडामा पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्रायन म्यूनीखसँग ४० मिलियन युरोमा सम्झौता


Advertisment
Nabil box
Kumari

२०२० मा सादियो माने इंग्लिस प्रिमियर लिग लिभरपुलबाट खेल्ने गर्थे । यसवर्ष उनी जर्मनीको क्लब बार्यन म्यूनीखसँग अनुबन्ध भएका छन् । उनलाई ब्रायनले जुन २२ मा ४० मिलियन युरो (लगभग नेपाली रुपैयाँ ५ अर्ब १८ कराेड) मा तीनवर्षका लागि अनुबन्ध गरेको हो । 

Vianet communication
Laxmi Bank

फुटेको मोबाइल बोक्नुको राज 

सादियोले आफूले फुटेको मोबाइल बोक्नुको रहस्य पनि बताएका छन् । उनको विचार सुनेपछि सायद उनको तारिफ नगरी कोही पनि बस्न सक्दैनन् । उनले आफ्नो देशको गरिबीको रेखामुनि रहेका नागरिकका लागि पैसा जम्मा गरिरहेको बताएका छन् । 

उनले एक अन्तर्वार्तामा आफूसँग पैसा नभएर फुटेको मोबाइल नबोकेका बताएका छन् । उनले भनेका थिए, ‘म फोन बनाउँछु ।’ नयाँ मोबाइल किन्ने विषयमा सोधिएको प्रश्नमा उनले भनेका थिए, ‘म यस्तो हजारौँ मोबाइल किन्न सक्छु । तर, मलाई १० वटा फरारी, २ वटा जेट प्लेन र २० वटा हिराको घडी चाहिएको छैन । मलाई यो सब किन चाहिएको छ र ?’ 

उनले आफूले गरिबी भोगेको उल्लेख गरेका छन् । गरिबीका कारण आफू विद्यालय जान नसकेको उल्लेख गर्दै उनले त्यही कारण आफूले कमाएको पैसाले विद्यालय, फुटबल एकेडेमी बनाइरहेको बताएका छन् । 

उनले भनेका छन्, ‘मसँग खेल्नका लागि केही पनि थिएन । राम्रो कपडा थिएन, राम्रो खानेकुरा थिएन । आज मसँग सबैथोक हुँदा म त्यसलाई देखावटी गरूँ ? म सबैकुरा सबैसँग बाँडेर उपभोग गर्न चाहान्छु ।’ 

सादियो माने इंग्लिस प्रिमियर लिगमा लिभरपुलका महत्वपूर्ण खेलाडी थिए । उनले क्लबका लागि २६९ खेल खेलेका थिए । जसमा उनले १२० गोल गरेका थिए । उनलको संलग्नतामा लिभरपुलले २०१८–१९ को च्याम्पियन्स लिग र २०१९–२० को इंग्लिस प्रिमियर लिग पनि जितेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x