०१ साउन २०८३, शुक्रबार

अर्बौ रुपैयाँ कमाउने फुटबलर किन चलाउँछन् फुटेको मोबाइल ?

भदौ ३, २०७९
अर्बौ रुपैयाँ कमाउने फुटबलर किन चलाउँछन् फुटेको मोबाइल ?

दक्षिण अफ्रिकी मुलुक सेनेगलका स्टार फुटबलर सादियो मानेको अढाई वर्ष पुरानो तस्वीर भाइरल भइरहेको छ । उनको तस्वीरमा लाखौँ कमेन्टहरू आइरहेका छन् । सबैले उनको प्रशंसा गरिरहेका छन् । अर्बौं रुपैयाँ कमाउने फुटबलरको सादगी जीवनको सबैले प्रशंसा गरिरहेका छन् । 

तस्वीरमा ३० वर्षीय सादियो मानेले फुटेको आइफोन ११ बोकेका छन् । उक्त आइफोनको स्क्रीन नराम्रोसँग फुटेको छ । यो तस्वीर सन् २०१९ डिसेम्बरको हो । त्यससमय पनि सादियोको कमाई करौडौँ रुपैयाँ थियो । अहिले त उनको कमाई झनै बढेर अर्बौंको आँकडामा पुगेको छ । 

ब्रायन म्यूनीखसँग ४० मिलियन युरोमा सम्झौता

२०२० मा सादियो माने इंग्लिस प्रिमियर लिग लिभरपुलबाट खेल्ने गर्थे । यसवर्ष उनी जर्मनीको क्लब बार्यन म्यूनीखसँग अनुबन्ध भएका छन् । उनलाई ब्रायनले जुन २२ मा ४० मिलियन युरो (लगभग नेपाली रुपैयाँ ५ अर्ब १८ कराेड) मा तीनवर्षका लागि अनुबन्ध गरेको हो । 

फुटेको मोबाइल बोक्नुको राज 

सादियोले आफूले फुटेको मोबाइल बोक्नुको रहस्य पनि बताएका छन् । उनको विचार सुनेपछि सायद उनको तारिफ नगरी कोही पनि बस्न सक्दैनन् । उनले आफ्नो देशको गरिबीको रेखामुनि रहेका नागरिकका लागि पैसा जम्मा गरिरहेको बताएका छन् । 

उनले एक अन्तर्वार्तामा आफूसँग पैसा नभएर फुटेको मोबाइल नबोकेका बताएका छन् । उनले भनेका थिए, ‘म फोन बनाउँछु ।’ नयाँ मोबाइल किन्ने विषयमा सोधिएको प्रश्नमा उनले भनेका थिए, ‘म यस्तो हजारौँ मोबाइल किन्न सक्छु । तर, मलाई १० वटा फरारी, २ वटा जेट प्लेन र २० वटा हिराको घडी चाहिएको छैन । मलाई यो सब किन चाहिएको छ र ?’ 

उनले आफूले गरिबी भोगेको उल्लेख गरेका छन् । गरिबीका कारण आफू विद्यालय जान नसकेको उल्लेख गर्दै उनले त्यही कारण आफूले कमाएको पैसाले विद्यालय, फुटबल एकेडेमी बनाइरहेको बताएका छन् । 

उनले भनेका छन्, ‘मसँग खेल्नका लागि केही पनि थिएन । राम्रो कपडा थिएन, राम्रो खानेकुरा थिएन । आज मसँग सबैथोक हुँदा म त्यसलाई देखावटी गरूँ ? म सबैकुरा सबैसँग बाँडेर उपभोग गर्न चाहान्छु ।’ 

सादियो माने इंग्लिस प्रिमियर लिगमा लिभरपुलका महत्वपूर्ण खेलाडी थिए । उनले क्लबका लागि २६९ खेल खेलेका थिए । जसमा उनले १२० गोल गरेका थिए । उनलको संलग्नतामा लिभरपुलले २०१८–१९ को च्याम्पियन्स लिग र २०१९–२० को इंग्लिस प्रिमियर लिग पनि जितेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्