
अमेरिकन आइडल फाइनलिस्ट नेपाली मुलका गायक दिवेश पोखरेलले नेपालमा सांगीतिक यात्रा गर्ने भएका छन् । उनले नेपालका विभिन्न स्थानमा सांगीतिक प्रस्तुति दिन लागेका हुन् ।
बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सांगीतिक यात्राका बारेमा जानकारी दिएका हुन् । उनले आफू नेपालमा भएका समर्थकहरूका लागि सांगीतिक प्रस्तुति लिएर नेपाल आएको बताए ।
उनले शनिवारदेखि हुने ‘टुबोर्ग होमकमिङ आर्थर गन’का लागि टोली नेपाल आएको उनले बताए । उनले नेपालमा रहेका समर्थकहरूका लागि सांगीतिक प्रस्तुति दिन, नेपालको कला, संस्कृति र प्रकृतिको बारेमा जान्न तथा डकुमेण्ट्री बनाउने लक्ष्यसहित नेपाल आएको बताए ।
एक महिनाको नेपाल बसाइँमा नेपालको सांस्कृतिक, सांगीतिक, पर्यटन क्षेत्रको प्रवद्र्धनलाई जोड दिने बताए । उनले संगीत युनिभर्सल ल्यांग्वेज भएकोले यसबाट नै नेपालको पर्यटन प्रवद्र्धन गर्न सकिने बताए ।
गायक दिवेशले देशका प्रमुख ७ शहरमा ९ वटा कन्सर्ट गर्ने बताएका छन् । उनले नेपालको संस्कृतिका साथै प्राकृतिक बनावटले पनि सुन्दर रहेको भन्दै आफूले तयार पार्ने सांगीतिक टूर डकुमेण्ट्रीले झनै नेपालको पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।
सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै एकाएक चर्चामा आएका गायक पोखरलले अमेरिका संगीतको हिसाबले राम्रो ठाउँ भएको बताए । उनी अमेरिकन आडलको तेस्रो स्थान बनाउन सफल भएका थिए ।