
आईएमएस ग्रुपले चर्चित फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ का विभिन्न सामग्रीहरू नेपाल भित्र्याएको छ । आईएमएस नेपालका लागि उक्त ब्रान्डको एकमात्र वितरक हो । पाराकिटोका विभिन्न उत्पादन लामखुट्टे र किट विकर्षक ब्रान्ड हो । जसले प्राकृतिक रूपमा लामखुट्टे र किटहरूबाट जोगाउँने कम्पनीको दाबी छ ।
पाराकिटो उच्च–गुणस्तरीय टेक्नोलोजीको प्रयोगबाट निर्माण गरिएको बताइएको छ । आईएमएसले पाराकिटोका विभिन्न प्रकारका उत्पादनहरू नेपाल भित्र्याएको छ । रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोल अन लगायतका पाराकिटोका उत्पादन नेपालमा उपलब्ध हुने आईएमएस ग्रुपले जानकारी दिएको छ।
विशेष गरी बच्चाहरू, गर्भवती महिलाहरु र संवेदनशील छाला भएकाहरूका लागि पाराकिटोका उत्पादनहरू लाभदायक हुने बताइएको छ । पाराकिटो पानी र पसिना प्रतिरोधी, दीर्घकालीन, वातावरण मैत्री, बिरुवामा आधारित र मदिरारहित रहेको कम्पनीको दाबी छ । पाराकिटोले बराबर सुरक्षा, हेरचाह, प्रभावकारी संरक्षण र प्राकृतिक समाधान दिने बताइएको छ । पाराकिटो घर बाहिर खेल्ने वा रमाइलो गर्ने बच्चाहरूका लागि, हाइकिङ, साइकल चलाउने, साहसिक खेलकुद, आउटडोर पार्टीहरू एवं पारिवारिक पिकनिकमा जाने मानिसहरूका लागि उत्तम रहेको कम्पनीले जनाएको छ ।
पाराकिटो आईएमएस लिटल स्माइलस शोरुमहरूमा उपलब्ध छ । आईएमएसले बच्चाहरूका लागि नेपालकै पहिलो प्रिमियम मल्टिब्रान्ड आउटलेट सञ्चालनमा ल्याएको छ । दरबार मार्गको दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा आउटलेट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । त्यहाँ डा. ब्राउन्स, बिबिलभ, हिमालय बेबी केयर, क्रेनजस्ता अरु धेरै शीर्ष अन्तर्राष्ट्रिय ब्रान्डहरू पन िउपलब्ध हुने आईएमएसले जनाएको छ ।
पाराकिटो ‘स्मार्ट डोको’ अनलाइनमा पनि उपलब्ध छ । स्मार्ट डोको नेपालको सबैभन्दा उच्च मूल्यांकन गरिएको ई–कमर्स ब्रान्ड हो । स्मार्ट डोकोले ७७ वटै जिल्लामा उत्पादनहरू पु¥याउने बताएको छ ।