माछापुच्छ्रे बैंक र फ्रि एजुकेशन कन्सलटेन्सीज अर्गनाइजेशन नेपाल (फेकन) बीच विशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात फेकनमा आबद्ध सबै कन्सल्टेन्सीहरूलाई माछापुच्छ्रेले बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ सेवा सरल र सहज रूपमा उपलब्ध गराउने छ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आबद्ध कन्सल्टेन्सीहरूलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ सुविधाहरूमा विशेष सहुलियत प्रदान गर्नेछ ।
सम्झौतामा माछापुच्छ्रे बैंकका ग्राहकले फेकनसँग आबद्ध कन्सल्टेन्सीहरुबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न सक्ने उल्लेख गरिएको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ सेवा तथा २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।