
यस आईसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः सुनिल पन्त नियुक्त भएका छन् । यसअघि प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत उनलाई दोस्रोपटक सोही पदमा नियुक्त गरिएको हो । उनको पहिलो कार्यकाल आगामी असोज २४ गते सकिँदैछ ।
उनको कार्यकाल सकिनु अगावै बसेको सञ्चालक समितिको बैठकले पन्तलाई पुनः ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको आईसीएफसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पछिल्लो ३० वर्षदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहेका पन्त कुशल नेतृत्वकर्ता, सफल बैंकरका रूपमा परिचित छन् । उनले आईसीएफसीको स्थापनाकालदेखि नै विभिन्न ओहदामा रहेर कार्य सम्पादन गरेको अनुभव छ ।