×

NMB BANK
NIC ASIA

अल्फाबिटामा डोजर

अल्फाबिटामा दिनभर रस्साकस्सी चल्दाको दृश्य– अनि चल्यो डोजर [फोटो/भिडियो]

भदौ ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचनामा बिहीवार डोजर चलाएको छ ।

Muktinath Bank

बिहीवार बिहानै मेयर बालेन्द्र साह (बालेन) अल्फाबिटामा अनुमतिबेगर बनाइएको संरचना हटाउन पुगेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 अल्फाबिटाले नक्सामा पार्किङ भनेर उल्लेख गरेको बेसमेन्टमा अनाधिकृत संरचना बनाएर फार्मेसी सञ्चालन गरिरहेको थियो ।


Advertisment
Nabil box
Kumari

कम्प्लेक्समा पार्किङ नभएकाले त्यहाँ आउने सेवाग्राहीले सवारी साधन बाटोमै पार्किङ गर्ने गरेका थिए । बाटोमा सवारी पार्किङ गरिँदा बानेश्वर–बिजुलीबजार सडक खण्डमा ट्राफिक व्यवस्थापनमा समेत बाधा उत्पन्न भइरहेको थियो । 

Vianet communication
Laxmi Bank

स्वीकृत गरिएको प्रयोजनविपरीत बनाइएको संरचना हटाउन मेयर बालेन डोजरसहित पुगेका थिए । तर, शुरूमा कम्प्लेक्सका प्रतिनिधिसँग बालेनको भनाभन भयो ।

अल्फाबिटाका प्रतिनिधिले मेयर बालेनसँग नक्सा मागेपछि उनले जँगिँदै भनेका थिए, ‘तपाईंको घरको नक्सा मसित हुनुपर्छ ?’

त्यसपछि अल्फाबिटाका प्रतिनिधिले ‘नगरपालिकामा के हुन्छ त ?’ भनेर प्रतिप्रश्न गरे । 

अल्फाबिटाका प्रतिनिधिले नगरपालिकाले सूचना नदिई हठाथ संरचना भत्काउन खोजेको भन्दै प्रतिवाद गरे ।

उनले मेयर बालेन साहसँग संरचना हटाउनका लागि लिखित कागजात समेत माग गरे । 

हेर्नुहोस्, भनाभनको दृश्य [भिडियो]

त्यसपछि बालेनले पत्रिकामा निकालेको ३५ दिने सूचना देखाउँदै जंगिएर भने, ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? काठमाडौंमा अढाई लाख घर छन्, म सबैको घर–घरमा नोटिस लिएर पुग्न सक्छु ? त्यसैले पत्रिका सूचना प्रकाशन गरेर सबैलाई एकैचोटी जानकारी दिएको ।’ 

अल्फाबिटाका प्रतिनिधिले बालेनलाई तपाईं ‘डन’ हो ? भनेर समेत प्रतिप्रश्न गरेका थिए ।

दुईजनाबीचको विवाद क्षणभरमै मिडियादेखि सामाजिक सञ्जालसम्म फैलियो ।

मिडिया बोलाएर स्टन्ट गरेको आरोप ती प्रतिनिधिले लगाए । त्यसपछि उनले नक्सा र वकिल लिएर महानगरको आफिसमै आउँछु भने ।

दुईजनाको विवाद नक्सा हेर्ने बिन्दुमा पुगेर सकिएको थियो ।

​अल्फाबिटाका प्रतिनिधिले आफू कानूनी प्रक्रियामा जाने बताए । उनको आशय महानगरपालिकाको कदमविरुद्ध अदालत जाने थियो । 

त्यतिबेला नक्सा नलिई गएका बालेन उक्त फार्मेसीमा सटर बन्द गर्न लगाएर यत्तिकै फर्किए ।

तत्कालै चलाइयो डोजर 

बिहान विवाद गरेर फर्किएका बालेन दिउँसो २ बज्दानबज्दै फेरि डोजर लिएर अल्फाबिटा कम्प्लेक्स पुगेको थिए । त्यतिबेला उनको साथमा नक्सा पनि थियो ।

उनले अल्फाबिटाका प्रतिनिधिसहित उपस्थित सबैलाई नक्सा देखाएर अनाधिकृत रूपमा संरचना बनाइएको देखाए ।

बालेनले उक्त संरचना भत्काउन निर्देशन दिएपछि अल्फाबिटामा सञ्चालित फार्मेसीमा डोजर चलाइयो । 

दिउँसो बालेन डोजरसहित पुग्दा पनि अल्फाबिटाका प्रतिनिधिले संरचना भत्काउनका लागि केही दिन समय दिन आग्रह गरेका थिए ।

तर, बालेन कसैको आग्रह सुन्ने ‘मुड’मा देखिएनन् । अन्ततः कम्प्लेक्समा अवस्थित फार्मेसीमा डोजर चल्यो ।

मेयर बालेनले काठमाडौं महानगरपालिका भित्रका अनाधिकृत संरचना हटाउने अभियान सञ्चालन गरिरहेका छन् । उनले फूटपाथ व्यापारीलाई समेत हटाइरहेका छन् । 

महानगरले बुधवार मात्र सुन्धारास्थित काठमाडौं मल, न्यूरोडको आरबी कम्प्लेक्स लगायतमा अनाधिकृत रूपमा बनाइएको संरचनामा डोजर चलाएको थियो ।

त्यस्तै काठमाडौं महानगरपालिकाले बुधवार साँझ कोटेश्वरको फूटपाथका व्यापारीहरूलाई हटाएको थियो । अवैध संरचना हटाउन मेयर बालेन आफैँ फिल्डमा खटिएका छन् । 

अल्फाबिटाको दिनभरको तनावपछि बालेनले फेसबूकमा स्टाटस लेख्दै अवैध संरचनाहरू आफैं हटाउन अपिल गरेका छन् ।

बालेनले फेसबूकमा लेखेका छन्–

'उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?' बालेनले फेसबूकमा लेखेका छन्, 'अब उपरान्त यस्तो गर्न नपरोस् । सबैले आफैँ बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइदिनु होला । नक्सा जसरी पास भएको छ, त्यही अनुसार संरचना बनाइदिनुहोस् ।'


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x