२४ असार २०८३, बुधबार

३ सय करोडमा बनेको ‘ट्विन टावर’ भत्काउन १८ करोड खर्च

भदौ १२, २०७९
३ सय करोडमा बनेको ‘ट्विन टावर’ भत्काउन १८ करोड खर्च

भारतको उत्तर प्रदेशस्थित नोयडामा अवैध रूपमा बनेको सुपरटेक ट्विन टावर भत्काउन करिब १८ करोड भारतीय रुपैयाँ खर्च भएको छ । सर्वाेच्च अदालतको आदेशपछि ३० र ३२ तले दुईवटा भवन ‘ट्विन टावर’ आइतवार भत्काइएको थियो । 

उक्त भवन भत्काउनका लागि ३ हजार ७०० किलोग्राम विष्फोटक पदार्थ प्रयोग गरिएको थियो । उक्त विष्फोटक पदार्थ भवनभरि कुल ९ हजार ६४० वटा दुलो बनाएर भरिएको थियो । उक्त टावर भत्काउन मात्र १७.५५ करोड भारतीय रुपैयाँ खर्च भएको अनुमान गरिएको छ । खर्चको सम्पूर्ण विवरण प्राप्त भइनसके पनि करिब १८ करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

उक्त दुई भवनमा जम्मा ९५० फ्ल्याट उपलब्ध रहेको थियो । उक्त भवन बनाउन करिब २०० देखि ३०० करोड रुपैयाँ खर्च भएको अनुमान गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्