
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट आईपीओ भर्ने ग्राहकहरूले धितोपत्र आवेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पूरै छुट पाउने भएका छन् । बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरूले नेपाल बैंकबाट निःशुल्क आईपीओ भर्न सक्ने छन् । हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराएवापत बैंक तथा वित्तीय संस्थाले बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
नेपालभर २१९ शाखाहरू, १८६ एटीएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।