३१ असार २०८३, बुधबार

काठमाडौं फनपार्कलाई कर तिर्न महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं फनपार्कलाई कर तिर्न महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई कर तिर्न २४ घण्टे अल्टिमेटम दिएको छ । 

महानगरपालिकाले बुधबार काठमाडौं फनपार्कलाई पत्र लेखेर काठमाडौं महानगरपालिकालाई बुझाउन बाँकी रहेको व्यवसाय कर, बहाल कर, विज्ञापन तथा मनोरञ्जन कर पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र बुझाउन भनिएको छ ।

फनपार्कले दशौं वर्षदेखि कर नतिरी व्यवसाय सञ्चालन गर्दै आएको महानगरको पत्रमा उल्लेख छ । 

‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाको राजश्व विभागमा गइ पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समोत दाखिला गर्न अनुरोध छ’, पत्रमा भनिएको छ । 

तोकिएको समयमा कर नबुझाएमा फनपार्कमा शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह असुल उपर गरिने महानगरपालिकाका विभागीय प्रमुख डा. शिवराज अधिकारीले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्