०४ साउन २०८३, सोमबार

कुमारी बैंकको खुर्कोट शाखा सञ्चालन

कुमारी बैंकको खुर्कोट शाखा सञ्चालन

कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेश सिन्धुली जिल्लास्थित खुर्कोट शाखा बुधवारबाट सञ्चालनमा ल्याएकोे छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको छ । 

विगत २१ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १९८ शाखा सञ्जाल, १९४ एटिएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि अझै बढी सेवा दिने प्रतिबद्धता बैंकले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्