×

NMB BANK
NIC ASIA

पाल्पा सराईमा महोत्सवः कलाकारलाई थाहै नदिई फोटो राखेर प्रचार

भदौ १७, २०७९

NTC
Premier Steels

पाल्पामा हुन लागेको एक महोत्सवमा कलाकारहरूलाई थाहै नदिई उनीहरूको फोटो प्रयोग गरेर प्रचार–प्रसार गरेको पाइएको छ । माथागढी गाउँपालिका–३ सराईमा हुन लागेको ‘प्रथम सराई महोत्सव–२०७९’मा कलाकारहरूलाई जानकारी नगराई पोष्टरमा उनीहरूको फोटो प्रयोग गरेको पाइएको हो । सराई युवा क्लबको आयोजनामा भदौ २३ देखि असोज ६ गतेसम्म महोत्सव हुन लागेको जनाइएको छ । 

Muktinath Bank

बिहीवार महोत्सवको एक पोष्टर सार्वजनिक गरिएको छ । जसमा मुख्य आकर्षणहरू भन्दै प्रकाश सपूत, प्रमोद खरेल, बद्री पंगेनी, कुलेन्द्र विश्वकर्मा, लाहुरेदेखि रचना रिमाल, एलिना चौहानसम्मका २ दर्जन बढी कलाकारहरूको तस्वीर राखिएको छ । यीमध्ये अधिकांश कलाकारलाई उक्त महोत्सवबारे जानकारी नै नभएको पाइएको हो । महोत्सवबारे धेरै कलाकारहरूसँग बुझ्दा उनीहरूले अनविज्ञता प्रकट गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार एक्कासी मेलाको पोष्टर देखेर आफू आश्चर्यमा परेको एक गायकले बताए । ‘मलाई त यसबारे केही जानकारी छैन । पोष्टरमा फोटो देख्दा म आफैँ अचम्ममा परेको छु’ उनले लोकान्तरसँग भने । अर्की एक गायिकाले उक्त महोत्सवका लागि कसैसँग कुरा नभएको बताइन् । पोष्टरमा फोटो प्रयोग भएकामध्ये आधा दर्जन कलाकारहरूसँग बुझ्दा सबैले आफूसँग महोत्सवबारेमा कुरा नभएको प्रतिक्रिया दिए ।


Advertisment
Nabil box
Kumari

पोष्टरमा उल्लेख भएअनुसार महोत्सवको समन्वयकर्तामा माथागढी गाउँपालिका छ । त्यस्तै मेला व्यवस्थापकमा सिद्धबाबा एक्जिबिसन र सहयोगीमा ए एण्ड ए म्यानेजमेण्ट प्रालि छ । 

Vianet communication

आयोजक सराई युवा क्लबका अध्यक्ष कृष्ण सारुले महोत्सव व्यवस्थापनको जिम्मा सिद्धबाबा एक्जिबिसनलाई रहेकोले आफूलाई कलाकारहरूको विषयमा जानकारी नभएको बताए । ‘सम्पूर्ण जिम्मेवारी उहाँहरूलाई हो । हामीले कागजी प्रक्रिया र उहाँहरूलाई अन्य आवश्यक सहयोग गर्ने हो । त्यसबापत क्लबलाई केही रकम दिने सम्झौतामा महोत्सव हुन लागेको हो’ सारुले लोकान्तरसँग भने । 

महोत्सवको घाटा–नाफासँग पनि क्लबलाई सरोकार नभएको समेत उनले बताए । ‘हामीले महोत्सव गरेबापत उहाँहरूले केही रकम छुट्टयाउने भनेर सम्झौता गरिएको हो’, उनले भने । घाटा भए पनि आफूहरूलाई असर नहुने र क्लबलाई केही आर्थिक सहयोग होला भन्ने अपेक्षाले महोत्सवको तयारीमा लागेको उनले बताए । 

‘मेलाको अनुमति दिलाइ दिएकोमा क्लबलाई केही रकम दिने भनेर क्लब आयोजक बनेको हो’, उनले भने, ‘कलाकारहरूदेखि लिएर स्टल व्यवस्थापन सबै जिम्मा जिम्मा उहाँहरूको हो । उहाँहरूले कलाकारहरूसँग कुरा गर्दै हुनुहुन्छ कि !’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x