२९ असार २०८३, सोमबार

पाल्पा सराईमा महोत्सवः कलाकारलाई थाहै नदिई फोटो राखेर प्रचार

भदौ १७, २०७९
पाल्पा सराईमा महोत्सवः कलाकारलाई थाहै नदिई फोटो राखेर प्रचार

पाल्पामा हुन लागेको एक महोत्सवमा कलाकारहरूलाई थाहै नदिई उनीहरूको फोटो प्रयोग गरेर प्रचार–प्रसार गरेको पाइएको छ । माथागढी गाउँपालिका–३ सराईमा हुन लागेको ‘प्रथम सराई महोत्सव–२०७९’मा कलाकारहरूलाई जानकारी नगराई पोष्टरमा उनीहरूको फोटो प्रयोग गरेको पाइएको हो । सराई युवा क्लबको आयोजनामा भदौ २३ देखि असोज ६ गतेसम्म महोत्सव हुन लागेको जनाइएको छ । 

बिहीवार महोत्सवको एक पोष्टर सार्वजनिक गरिएको छ । जसमा मुख्य आकर्षणहरू भन्दै प्रकाश सपूत, प्रमोद खरेल, बद्री पंगेनी, कुलेन्द्र विश्वकर्मा, लाहुरेदेखि रचना रिमाल, एलिना चौहानसम्मका २ दर्जन बढी कलाकारहरूको तस्वीर राखिएको छ । यीमध्ये अधिकांश कलाकारलाई उक्त महोत्सवबारे जानकारी नै नभएको पाइएको हो । महोत्सवबारे धेरै कलाकारहरूसँग बुझ्दा उनीहरूले अनविज्ञता प्रकट गरे । 

बिहीवार एक्कासी मेलाको पोष्टर देखेर आफू आश्चर्यमा परेको एक गायकले बताए । ‘मलाई त यसबारे केही जानकारी छैन । पोष्टरमा फोटो देख्दा म आफैँ अचम्ममा परेको छु’ उनले लोकान्तरसँग भने । अर्की एक गायिकाले उक्त महोत्सवका लागि कसैसँग कुरा नभएको बताइन् । पोष्टरमा फोटो प्रयोग भएकामध्ये आधा दर्जन कलाकारहरूसँग बुझ्दा सबैले आफूसँग महोत्सवबारेमा कुरा नभएको प्रतिक्रिया दिए ।

पोष्टरमा उल्लेख भएअनुसार महोत्सवको समन्वयकर्तामा माथागढी गाउँपालिका छ । त्यस्तै मेला व्यवस्थापकमा सिद्धबाबा एक्जिबिसन र सहयोगीमा ए एण्ड ए म्यानेजमेण्ट प्रालि छ । 

आयोजक सराई युवा क्लबका अध्यक्ष कृष्ण सारुले महोत्सव व्यवस्थापनको जिम्मा सिद्धबाबा एक्जिबिसनलाई रहेकोले आफूलाई कलाकारहरूको विषयमा जानकारी नभएको बताए । ‘सम्पूर्ण जिम्मेवारी उहाँहरूलाई हो । हामीले कागजी प्रक्रिया र उहाँहरूलाई अन्य आवश्यक सहयोग गर्ने हो । त्यसबापत क्लबलाई केही रकम दिने सम्झौतामा महोत्सव हुन लागेको हो’ सारुले लोकान्तरसँग भने । 

महोत्सवको घाटा–नाफासँग पनि क्लबलाई सरोकार नभएको समेत उनले बताए । ‘हामीले महोत्सव गरेबापत उहाँहरूले केही रकम छुट्टयाउने भनेर सम्झौता गरिएको हो’, उनले भने । घाटा भए पनि आफूहरूलाई असर नहुने र क्लबलाई केही आर्थिक सहयोग होला भन्ने अपेक्षाले महोत्सवको तयारीमा लागेको उनले बताए । 

‘मेलाको अनुमति दिलाइ दिएकोमा क्लबलाई केही रकम दिने भनेर क्लब आयोजक बनेको हो’, उनले भने, ‘कलाकारहरूदेखि लिएर स्टल व्यवस्थापन सबै जिम्मा जिम्मा उहाँहरूको हो । उहाँहरूले कलाकारहरूसँग कुरा गर्दै हुनुहुन्छ कि !’

salt training

कमेन्ट गर्नुहोस्