०५ साउन २०८३, मंगलबार

कुमारी बैंकलाई एक्सिलेन्स इन ई–कमर्श बिजनेस २०२२ अवार्ड

कुमारी बैंकलाई एक्सिलेन्स इन ई–कमर्श बिजनेस २०२२ अवार्ड

भिसा इन्टरनेशसनले कुमारी बैंकलाई ‘एक्सिलेन्स इन ई–कमर्श बिजनेस २०२२’ अवार्ड प्रदान गरेको छ । भिसाले आयोजना गरेको लिडर्स कन्क्लेभ पेमेन्ट इनोभेसन फर डिजिटल नेपाल कार्यक्रममा कुमारी बैंकलाई सो अवार्ड प्रदान गरिएको हो । 

यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ई–कमर्श व्यवसायको मात्रा  हासिल गरेकाले प्रदान गरिएको हो । 

स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका लागि डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

हाल कुमारी बैंकले देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटीएम, ५० शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएकोे छ ।  आगामी दिनमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्