३२ असार २०८३, बिहीबार

ढुकुरपानी मावि झापामा एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम

ढुकुरपानी मावि झापामा एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको आयोजना तथा सन इन्फोटेक लिमिटेडको संयोजकत्वमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । एनसीसीले शुक्रवार ढुकुरपानी माध्यमिक विद्यालय झापामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालयप्रसाद दाहालको सभापतित्वमा भएको कार्यक्रममा बैंकका नायब महाप्रबन्धक मुकुन्द सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा नायब महाप्रबन्धक सुवेदीले एनसीसी बैंकको तर्फबाट हाल प्रदान भइरहेको निक्षेप, कर्जालगायत अन्य सेवाहरूको बारेमा जानकारी दिनुका साथै समग्र बैंकिङ क्षेत्रको बारेमा प्रकाश पारेका थिए । प्रस्तुतिको क्रममा उनले एनसीसी बैंकमा उपलब्ध भएका निक्षेप खाताका प्रकारहरू, व्याजदर, लगानीकर्तालाई प्रदान गरिने लाभांश, कर्जाका प्रकारहरू, कर्जा लिनको लागि आवश्यक पर्ने योग्यताको बारेमा स्पष्ट पारेका थिए । 

यसैगरी कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले स्रोत व्यक्तिको रूपमा आफ्नो प्रस्तुति दिने क्रममा बैंकिङ कारोबारको प्रयोग बढाउनु पर्ने र यसका लागि बचत परिचालनमा जोड दिएका थिए । उनले व्यवसाय गर्न समुचित रूपमा कर्जा लिने र कर्जाको सदुपयोग हुनुपर्ने तथा फजुल खर्चमा नियन्त्रण गर्ने तथ्यमा प्रकाश पारेका थिए । कार्यक्रमको अन्तमा सहभागीहरूले उठाएका जिज्ञासाहरूसँग सम्बन्धित अन्तक्र्रिया समेत सम्पन्न गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीलगायत शिक्षक, विद्यार्थी, अभिभावकका साथै दमक बहुमुखी क्याम्पसका अध्यक्ष देवीप्रसाद दाहाल, दमक चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्रकुमार ढकालको उपस्थिति रहेको थियो ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम बुथहरू सञ्चालन गरी ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंकले २५ वर्षदेखि आम नागरिक माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रिय रूपमा सहभागी हुँदै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्