×

NMB BANK
NIC ASIA

सर्लाहीका १८ वडा स्वास्थ्य संस्थाविहीन

भदौ १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सर्लाहीका २० स्थानीय निकायका दुई सय वडामध्ये १८ वडामा अझै स्वास्थ्य संस्थाविहीन छ । ती वडामा स्वास्थ्य संस्था नराखिएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् । जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकामध्ये १४ स्थानीय निकायका प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना भए पनि ६ वटा स्थानीय निकायका १८ वडामा भने अझैसम्म स्वास्थ्य संस्था पुग्न सकेका छैनन् । 

Muktinath Bank

सरकारले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरी नागरिकलाई प्राथमिक उपचार गर्ने लक्ष्य लिएको छ । जिल्लामा सबैभन्दा धेरै बागमती नगरपालिकाका ६ वटा वडामा स्वास्थ्य संस्था छैनन् । उक्त नगरपालिकाको वडा नं २, ६, ७, ८, ९ र ११ मा स्वास्थ्य संस्था नरहेको त्यहाँको स्वास्थ्य शाखाले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै लालबन्दी नगरपालिकाको वडा नं ७ र ८, ईश्वरपुर नगरपालिकाको ७, ११ र १३, कविलासी नगरपालिकाको १ र १०, मलङ्गवा नगरपालिकाको ३ र ८, बरहथवा नगरपालिकाको ८, रामनगर गाउँपालिकाको ३ र ७ वडामा स्वास्थ्य संस्थाविहीन छन् । ती वडामा नजिकैको वडामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको पालिकाले जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

जिल्ला सदरमुकाम मलङ्गवा नगरपालिकाको नगरमा स्वास्थ्य संस्था नरहेको दुईवटा वडामध्ये वडा नं ८ मा प्रादेशिक अस्पताल नै रहेकाले त्यहाँ स्वास्थ्य संस्था स्थापना नगरिएको नगर स्वास्थ्य शाखाका संयोजक रामनन्दन राय यादवले बताए । वडा नं ३ मा पनि नजिकैको अर्को वडामा रहेको स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका उनले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

सरकारले सबै वडामा स्वास्थ्य संस्था पु¥याउने लक्ष्य लिएपछि दुई वर्षअघि जिल्लाका अधिकांश स्थानीय निकायले स्वास्थ्य संस्था नरहेका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेका हुन् । जिल्लामा २० वटा स्थानीय नियकाका दुई सय वडामध्ये एक सय ८५ वडामा भने स्वास्थ्य संस्था पुगेका छन् ।

सर्लाहीमा १८ वडा स्वास्थ्य संस्थाविहीन भए पनि सदरमुकाम मलंगवामा एउटा प्रादेशिक अस्पताल, लालबन्दी, हरिपुर, जमुनिया, अचलगढ र बरहथवामा गरी पाँच स्थानमा प्राथमिक स्वास्थ्य केन्द्र र ९५ वटा स्वास्थ्यचौकी तथा बाँकी आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ छन् । प्रायः सबैजसो वडामा स्वास्थ्य संस्था पु¥याउन लागिपरे पनि दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा र आफैँले नियुक्त गरेर पारिश्रमक दिन सक्ने अवस्था नरहेकाले समस्या भइरहेको जिल्लाका स्थानीय निकायले बताएका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x