२१ असार २०८३, आइतबार

सामसङ ग्यालेक्सी ए १३ लन्च

सामसङ ग्यालेक्सी ए १३ लन्च

सामसङले सामसङ ग्यालेक्सी ए १३ लन्च गरेको छ । यसले सामसङले कायम राखेको उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको दायरामा बनेको छ, त्यो पनि अझ पहुँचयोग्य बनाएर । यो सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन भएको दाबी गरिएको छ । 

यसमा क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस रहेको छ । आफ्नो फोन प्रयोग गरेर गुणस्तरीय कन्टेन्ट उत्पादन गर्न खोज्ने क्रियटरहरूको माग पूरा गर्नको लागि यो एक उत्तम कम्बो भएको कम्पनीको दाबी छ । 

सामसङ ग्यालेक्सी ए १३ ले यी युवा क्रियटरहरूलाई सबै हाइ–एण्ड सुविधाहरू जस्तै हाइ–रिजोल्युसन फोटोग्राफी, क्रिस्प डिस्प्ले र यसको शक्तिशाली प्रोसेसरसहितको फोन उचित मूल्यमा दिन्छ । क्वाड क्यामेराको माथिल्लो भागमा ५० एमपी मेन क्यामेरा छ जसमा ५एमपी अल्ट्रावाइड र २ एमपी डेप्थ र म्याक्रो सेन्सरहरू छन् । साथै अगाडि ८ एमपी सेन्सरहरू छन् । 

गुणस्तरीय क्यामेराहरूको संयोजनले उच्च गुणस्तरका तस्वीरहरू र भिडियोहरू प्रदान गर्न राम्रोसँग काम गर्दछ । यसको १५ डब्लु फास्ट चार्जिङ र ५००० एमएएच ब्याट्रीको साथ, ब्याट्री लाइफ एक वा दुई लामो रेकर्डिङ सेसन्को लागि समस्या हुँदैन किनभने यस फोनमा ब्याट्रीहरू लामो समयसम्म टिक्न सक्छन् । 

सामान्यतया प्रयोग गर्दा दुई दिनसम्म ब्याट्री ब्याकअप प्रदान गर्दछ । भ्लगिङ वा यस्तै कामको लागि लामो समयसम्म आफ्नो फोनमा हुन आवश्यक छ । त्यो समयमा यो निक्कै काममा आउँछ । 

यो फोनमा भएको स्टोरेजको विकल्पहरूले सामान्य रूपमा तपाइँको डेटा र कन्टेन्टकोलाइ राम्रो ब्याकअप बनाउँछ । मेमोरी कार्ड स्लटको समावेशको साथ यसको पहिले नै ठूलो आन्तरिक स्टोरेज क्षमता विस्तार गर्ने विकल्पको साथ, स्टोरेज स्पेसलाई १ टिबीसम्म विस्तार गर्न सक्ने, ए १३ एक उपयोगी डिभाइस हुन्छ । विशेषगरी फोनलाई पनि सुरक्षित राख्न, सामसङको सिग्नेचर किनोक्स सेक्युरिटी पनि रहेको छ । 

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘यो हाम्रो पोर्टफोलियोमा उत्कृष्ट थपिएको छ । यो यन्त्र युवा सिर्जनाकर्ताहरूका लागि एकदमै उपयुक्त छ जसले सामाजिक प्लेटफर्महरूमा सधैं आफ्नो र आफ्नो सीपको बारेमा अभिव्यक्ति दिन्छन् । विशेषताहरू। जस्तै ५० एमपी क्वाड क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीले प्रयोगकर्ताहरूलाई सामग्री सिर्जना गर्ने प्रयासमा पक्कै पनि फाइदा पुर्‍याउँछ । साथै, गेमिङ जस्ता उच्च प्रदर्शन गतिविधिहरूको लागि सबैभन्दा धेर्रै आवश्यक परेको बेला तपाईंको र्यामलाई बढावा दिन र्याम प्लस जस्ता नयाँ युग सुविधाहरूको परिचय दिएर उत्कृष्ट समग्र अनुभव प्रदान गर्नमा केन्द्रित छौँ ।’

केवल रु २१ हजार ४९९ बाट शुरु हुने मूल्यमा यी सबै प्राप्त गर्नाले युवा क्रियटरहरूका लागि यो ठूलो प्रोत्साहन हुनेछ । ब्याकअप दिभाइस, ए सिरिजको सबैभन्दा नयाँ सदस्य, यो सेटसँग सबैका लागि केही अफर रहेको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्