२० असार २०८३, शनिबार

जिडब्लुएम नेपालको ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर सार्वजनिक, आकर्षक छुटदेखि यतिधेरै सुविधा

जिडब्लुएम नेपालको ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर सार्वजनिक, आकर्षक छुटदेखि यतिधेरै सुविधा

ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीकोे नेपालका लागि आधिकारीक विक्रेता भि.जी. ईम्पेक्स प्रा.लि ले दशैँ, तिहार र छठको अवसर पारी जि.डब्लु एमका गाडीको खरीदमा आकर्षक छुटका साथ विभिन्न योजनाहरु उपलब्ध गराउने भएको छ ।

यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी– हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो अभियान ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ ग्राहकहरुप्रति प्रतिवद्वताको निरन्तरताका साथ चाडपर्वलाई अझ हर्षोल्लास बनाउने विश्वास लिइएको कम्पनीको भनाइ छ । 

जि.डब्लु.एमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिन्छ । 

कम्पनीका अनुसार, यस योजना अन्तर्गत एक वर्षको कम्प्रिहेन्सिभ बीमाका साथमा एक वर्ष सम्म फ्री मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश छन्् ।

साथै, लोएल्टी बोनसको रुपमा ग्राहक स्वयंम वा आफ्नो पविारसँग कसैको पहिले नै जि.डब्लु.एमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन् ।

ग्राहकहरुले निशुल्क एक्सेसोरिज सहित ५ वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन् भने प्याकेजमा ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुने कम्पनीले जनाएको छ ।

   
 

salt training

कमेन्ट गर्नुहोस्