नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले, ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक बृहत्तर योजना ल्याएको छ ।
दशैं-तिहार र छठ, २०७९ लाई लक्षित गर्दै कम्पनीले यस्तो योजना ल्याएको हो ।
भाद्र २१ बाट शुरू भएको उक्त योजना यामाहाको कुनै पनि बाइक र स्कुटरको खरिदमा लागु हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै स्योर शट उपहारमा ६,०००/- नगद जित्न सक्नेछन् । यस्तै ‘फिफा विश्वकप २०२२’ लाई समेत लक्षित गर्दै
लक्की ड्रमार्फत् हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्नेछन् ।
यसका अतिरिक्त, उक्त योजना अन्तर्गत, अब यामाहाको बाइक वा स्कुटर खरिद गर्न चाहनेहरूका निम्ति कम्पनीले अझ सुलभ प्रक्रिया ल्याएको कम्पनीले बताएको छ ।
कम्पनीको अनुसार यस योजना अवधिभित्र यामाहाको बाइक वा स्कुटर किन चाहनेहरूले पहिलेजस्तो लामो प्रक्रियाबाट गइरहन पर्ने छैन । सिमित केही कागजपत्र देखाई ग्राहकहरूले अब मात्र ३० मिनेटमा सबै वित्तीय प्रक्रियाहरू पूरा गरी यामाहाको बाइक वा स्कुटर लिन सक्नेछन् ।
'चाडपर्वमा ग्राहकवर्गको अपेक्षा सधैँ बढी हुने र यस ‘यामाहा फेस्टिभ ह्याट्रिक’ को योजनाले ग्राहकको अपेक्षा पूरा गर्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौँ । र आउँदै गरेको विश्वकप २०२२ लाई पनि अझ रोमाञ्चक बनाउन हामी निकै आशावादी तथा उत्साहित छौँ,' उत्साहित हुँदै यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताए ।
छठसम्म लागु हुने यस योजना नेपालभरका सबै यामाहा शोरुमहरूमा सञ्चालित हुने कम्पनीको भनाइ छ ।