२० असार २०८३, शनिबार

लिटमस केबल्स–'वायरिङ दमदार, घर शानदार'

लिटमस केबल्स–'वायरिङ दमदार, घर शानदार'

लिटमस केबल्स आसन्न चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शानदार” योजना ल्याएको छ । 

यो योजना अन्तर्गत, पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम रु. ५०,००० लिटमस केबल खरिद गरी तारिङ प्रक्रियाको फोटो सहितको बिल जततउकस्ररधधध।ष्तिmगक।अयm।लउरअयलकगmभचकअजझभ मा पठाउनु पर्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार,  कार्तिक २५ गते, दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५’ टिभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउनेछन् । 

बिजेताले जितेको पुरस्कार धोषित भएको ३ देखि ५ दिन भित्र पाउन सक्नेछन र उक्त पुरस्कारको बितरण नजिकको डिलर/रिटेइलरबाट गरिने कम्पनीको भनाइ छ । 

यो योजन २० भाद्रदेखि २० कात्तिकसम्म २ महिनाको लागि मान्य हुने कम्पनीले जनाएको छ ।

सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको पहिलो एल्युमिनियम कन्डक्टर स्टिल रिइन्फोर्स्ड उत्पादन कम्पनी हो । यस कम्पनीले चार दशकदेखि एडभान्स जर्मन टेक्नोलोजी र लिटमस केबल्स ब्रान्ड नाममा उत्कृष्ट गुणस्तरका तारहरू उत्पादन गर्दै आएको छ ।

लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक र व्यापार समूह, रमेश कर्पोरेशनको संस्था हो ।

यो बुटवलको बुटवल औद्योगिक क्षेत्रमा अवस्थित रहेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्