२६ असार २०८३, शुक्रबार

फर्निचर तथा फर्निसिङ एक्स्पो आजदेखि, निशुल्क प्रवेश पास, ग्राहकलाई विशेष छुट

फर्निचर तथा फर्निसिङ एक्स्पो आजदेखि, निशुल्क प्रवेश पास, ग्राहकलाई विशेष छुट

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ बिहीवार (आज)देखि शुरू हुँदैछ ।  

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोको सबै तयारी पुरा भएको एक्स्पो व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ ।

आज दिउँसो १ बजे काठमाण्डौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक्स्पोको औपचारिक उद्घाटन हुनेछ । बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलन बाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गर्नेछन् ।

बिहान १० बजेदेखि नै अवलोकनकर्ताका लागि एक्स्पो स्थल भने खुल्ला गरिने इभेण्ट सोलुसनले जनाएको छ । 

एक्स्पोका संयोजक ओम बस्नेतका अनुसार सबै प्रदर्शकहरूले चाडपर्वलाई लक्षित गरी अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरू सञ्चालन गर्नेछन् । 

विभिन्न ब्राण्डका प्रदर्शकहरूले वस्तु तथा सेवा हेरी विभिन्न किसिमका अफरमा अवलोकनकर्तालाई फर्निचर तथा फर्निसिङ, होम अप्लाइन्सेज लगायतका सेवा तथा उत्पादन उपलब्ध गराउने छन् ।

यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको बस्नेतले जानकारी दिए । 

१०० भन्दा बढी प्रदर्शनी कक्ष रहने एक्स्पो अवलोकनका लागि कुनै शुल्क नलाग्ने इभेयट सोलुसनले जनाएको छ । 

तर, अवलोकनकर्ताले आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ ।

साथै एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर डिजी पे मार्फत पनि निशुल्क प्रवेश पास पाउन सकिनेछ । 

प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाईटेड फोम एण्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् ।

एक्स्पोको डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे छ भने स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एशोसियसन नेपालको सहयोग छ ।

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको समर्थन छ । 

बदलिदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

 “किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट,  पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षणका रुपमा रहने छन् । 

५ दिन चल्ने एक्स्पोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । 

संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा वर्षेनी फर्निचर तथा फनिसिङ सामाग्रीहरूको बृहत् मेला “फर्नेक्स नेपाल” को आयोजना गर्दै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्