२१ असार २०८३, आइतबार

यस्तो हुँदैछ नेपालकै पहिलो नाडा इभी एक्स्पो

यस्तो हुँदैछ नेपालकै पहिलो नाडा इभी एक्स्पो

नेपालको पहिलो नाडा ईभी एक्स्पो असोज ६ देखि ९ गतेसम्म आयोजना हुँदै छ। 

नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालको आयोजनामा २ पांग्रे, ३ पांग्रे, चारपांग्रेको ईभी एक्स्पो हुन लागेको हो।  

एक्सोका लागि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा स्टल रहनेछन्। नाडा ईभी एक्स्पोमा ५१ वटा स्टल बुकिङ भइसकेका छन्। 

कोभिडको कारण २०२० र २०२१ मा नाडा अटो शो गर्न नसकेको नाडाले २०२२ मा सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउँदा गर्न सकेन। 

नाडाका अध्यक्ष धु्रव थापाले नाडा अटो शो गर्ने तयारी भइरहँदा सरकारले अटो आयातमा प्रतिबन्ध लम्ब्याएसँगै ईभी एक्स्पो गर्न लागिएको बताए। 

‘नाडाले नेपालमा ईभी एक्स्पो आयोजना हुनुलाई ऐतिहासिक क्षणको रुपमा लिएको छ’, उनले भने । 

नाडाले सर्वसाधारणको विद्युतीय गाडीप्रति बढेको चासोलाई एक्स्पोले सम्बोधन गर्ने जनाएको छ।    

नाडामा विद्युतीय सवारीको प्रदर्शनीसँगै त्यसको जानकारीको लागि सेमिनार आयोजना हुँदै छ। सेमिनार ७, ८ र ९ गते एक्स्पो स्थलमै हुनेछ।

चापको व्यवस्थापनको लागि नाडाले अनलाइन बुकिङ गरिरहेको छ। एक्स्पोमा सहभागी हुनेले अनलाइन प्रि–बुकिङ गर्न सक्नेछ। 

नाडा ईभी एक्स्पोमा प्रि–टिकट बुकिङ खुल्ला भएको छ। 

पहिलोपटक विद्युतीय सवारी एक्स्पोमा अनलाइन टिकट काट्न सकिने भएको छ। एक्स्पोमा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र सर्वसाधारणको लागि २ सय रूपैयाँ लाग्नेछ। 

नाडा अध्यक्ष थापाले अनलाइन टिकेटिङको व्यवस्था गरेको जानकारी दिए। थापाका अनुसार प्रि–बुकिङ  टिकेटिङ गर्न सकिन्छ। प्रि–बुकिङमा छुटको व्यवस्था गरिएको जानकारी दिए।

ईभी एक्स्पो संयोजक अनुप बरालले असोज ५ गतेसम्म प्रि–बुकिङ गर्दा छुटको व्यवस्था गरिएको जानकारी दिए। उनले अनलाइन टिकट नकाट्नेले एक्स्पो गेटमै टिकट काट्न सकिने बताए।    

बरालका अनुसार चारपांग्रे गाडीका ७ वटा स्टल रहनेछन् भने ३ पांग्रेको १ वटा स्टल रहनेछ। सातवटा ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन र ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता रहनेछ।

अग्नी इनर्जी प्रा.लिको ३ पांग्रे टेरो ब्रान्ड सहभागिता हुनेछ।

दुईपांग्रेका १६ वटा ब्रान्ड रहेका छन्। जसमा लेभ्निङ, एनआईयु, यडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स लगायतका ब्रान्डको उपलब्ध रहेका छन्। 

ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरु रहनेछन्। एक्स्पोमा ७ वटा ब्राण्डका चारपांग्रे, एउटा तीनपांग्रे, दुई पांग्रे, २ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याट्री, ९ वटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरुको सहभागिता छ।

एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ। सिएटद्वारा प्रायोजित नाडा ईभी एक्स्पोमा साधन, पार्ट पुर्जा, वित्तीय सेवा उपलब्ध हुनेछ। 

salt training

कमेन्ट गर्नुहोस्