२२ असार २०८३, सोमबार

सफ्टवेरिका कलेजमा नि:शुल्क ड्रोन वर्कसप हुने, सहभागीका लागि दर्ता खुल्यो

सफ्टवेरिका कलेजमा नि:शुल्क ड्रोन वर्कसप हुने, सहभागीका लागि दर्ता खुल्यो

१२ वर्षदेखि सूचना प्रविधि सम्बन्धी उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले नि:शुल्क ड्रोन वर्कसप गर्ने भएको छ । 

कलेजमा पढिरहेका विद्यार्थी तथा अन्य कलेजका विद्यार्थी, प्लस टु, ए लेभल, सिबिएसई पूरा गरेका विद्यार्थीहरू वर्कसपमा सहभागी हुन सक्ने कलेजले जनाएको छ । वर्कसप असोज १ गते शनिबार डिल्लीबजारस्थित सफ्टवेरिका कलेजको ब्लक इमा सञ्चालन हुनेछ । 

ड्रोनको परिचय, साइन्स अफ एरोडाइनामिक्स, फेस ट्रयाकिङ प्रोजेक्ट, अटो म्यापिङ प्रोजेक्ट लगायतका विषयमा वर्कसप केन्द्रित हुने कलेज प्रमुख प्रमोद पौडेलले बताए ।

वर्कसपमा सहभागी हुनका लागि विद्यार्थीहरूले https://forms.gle/hDohjqSTQ9RDnb9p6 लिंकमा गएर नाम दर्ता गर्न सक्नेछन् र थप जानकारी ९८४३४७३५१२ मा सम्पर्क गरि लिन सकिने छ ।

कलेजले हालै एमएससी डेटा साइन्स एन्ड कम्प्युटेसनल इन्टेलिजेन्स विषयको पठनपाठन सुरू गरेको छ । विगतमा कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातक तहको अध्ययन गराइरहेको यस कलेजले अहिले स्नातकोत्तर तहको पठनपाठन पनि सोही विश्वविद्यालयको सम्बन्धनमा शुरू गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्