०४ साउन २०८३, सोमबार

भक्तपुर अस्पतालमा बालबालिकाको निःशुल्क ओपीडी

भक्तपुर अस्पतालमा बालबालिकाको निःशुल्क ओपीडी

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा.सुमित्रा गौतमलाई नियुक्त गरेको छ । बुधवार दोस्रोपटक सो पदमा पदबहाली गर्दै उनले बालबालिकाको ‘ओपीडी सेवा’ निःशुल्क गर्ने जानकारी दिइन् । 

त्यस्तै, अस्पतालमा आउने बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने र बेवारिसे शवको व्यवस्थापनसमेत निःशुल्क गर्ने उनले बताइन् । यसअघि अस्पताल प्रशासनले बेवारिसे बिरामीको उपचार नगरी फर्काउने गरेको र विगतमा गर्दै आएको बेवारिसे शवको व्यवस्थापनसमेत रोकेको थियो । 

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले समिति र अस्पताल व्यवस्थापन पक्षको संयुक्त प्रयासले अस्पताललाई उत्कृष्ट बनाइने बताइन् । 

कोरोना महामारीको जटिल अवस्थामा मेसु डा गौतमले पहिलोपटक पीसीआर परीक्षणका लागि स्वाब संकलन, कोरोना उपचार सेवा एवं भेन्टिलेटरसहितको कोरोना आईसीयू, बच्चाका लागि एनआईसीयू, एचडीयूलगायत अन्य विभिन्न सेवा विस्तार गरेकी थिइन् । 

साथै अस्पतालले समग्र मूल्यांकनमा ८२ अंक प्राप्त गरी विसं २०७७ मा प्रदेश अस्पतालमा सर्वोत्कृष्ट अस्पताल घोषणा भई पुरस्कार प्राप्त गर्न सफल भएको थियो । अस्पतालले गुणस्तरीय सेवा विस्तार र सहज उपचार सञ्चालन गरेपछि अस्पतालमा दैनिक आठ सयदेखि एक हजारसम्म बिरामीको चाप बढेको थियो । 

मेसु डा गौतमले भक्तपुर अस्पताललाई  उत्कृष्ट बनाउने, बन्द भएका सेवा तत्कालै सञ्चालन गर्ने, बेथितिलाई रोक्ने, भक्तपुर र पूर्वका विभिन्न जिल्लाबाट आउने बिरामीलाई उपचारका लागि सिफारिस भएर जानु नपर्ने गरी सेवा सञ्चालन गरिने जानकारी दिइन् । रासस

salt training

कमेन्ट गर्नुहोस्