×

NMB BANK
NIC ASIA

बलात्कार अभियाेग

वेस्ट इण्डिजबाट नेपाल हिँडेका सन्दीप लामिछाने अहिले कहाँ छन् ?

भदौ ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

१७ वर्षीया नाबालिका बलात्कारको अभियोग लागेका नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछाने अहिले कहाँ छन् ? अहिले हरेकजसोले गर्ने प्रश्न यहीँ हो ।

Muktinath Bank

भदौ २३ गते उनीविरूद्ध जिल्ला अदालत काठमाडौंबाट बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई भदौ ५ गते १७ वर्षीय किशोरीलाई काठमाडौंको एक होटलमा पटक–पटक बलात्कार गरेको आरोप लागेको छ । ती किशोरीले साउन २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।


Advertisment
Nabil box
Kumari

भदौ ६ गते बिहान होटलबाट निस्किएर टी–२० क्रिकेट खेल्नको लागी सन्दीप ७ गते राष्ट्रिय टिममा केन्या गएका थिए । 

Vianet communication
Laxmi Bank

केन्यामा खेल सकिएपछि उनी क्यारेबियन लिग खेल्न वेस्ट इण्डिज गएका थिए । खेल खेल्न नपाउँदै काठमाडौंमा बलात्कार आरोपमा उजुरी दर्ता भएपछि उनी त्यहाँबाट हिँडेका थिए । भदौ २६ गते वेस्ट इण्डिज छाडेका सन्दीप अहिले कहाँ छन् ? अहिलेसम्म उनी किन नेपाल आइपुगेनन् ? सबैतिर यस्तै प्रश्न उठ्ने गरेका छन् । 

सोसल मिडियामा कतिपयले त यसअघि उनी विभिन्न देशमा क्रिकेट खेलेर नेपाल फर्कदा विमानस्थलमा भएको स्वागतको भिडियो राखेर पनि सन्दीप नेपाल आएको चर्चा गरिरहेका छन् । तर, त्यो सत्य भने होइन । सन्दीप अहिलेसम्म नेपाल आइसकेका छैनन् । 

नेपालमा उजुरी दर्ता भएको थाहा पाएपछि उनले सोसल मिडिया फेसबुकमार्फत खेल छाडेर नेपाल आउने र नेपालको कानूनलाई मान्ने बताएका थिए । 

बलात्कार आरोप लागेको २ दिनपछि उनले क्रिकेट एसोसियसन नेपाल (क्यान)मा सम्पर्क गरेर आफू नेपाल फर्किन लागेको र कानूनी लडाइँ लड्नका लागि कानून सहयोग उपलब्ध गराउनसमेत भनेका थिए । तर, त्यसयता  भने उनी क्यानको सम्पर्कमा छैनन् ।

यता प्रहरीले पनि उनको खोजी गरिरहेको छ । सन्दीप कहाँ छन् भन्ने विषयमा स्पष्ट जानकारी नभएको प्रहरीको दाबी छ । 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले सन्दीप कहाँ छन् भन्ने जानकारी नभएकाले उनको खोजी भइरहेको बताए । ‘सन्दीप लामिछाने कहाँ छन् भन्ने थाहा छैन्  हामीले पनि खोजिरहेका छौँ,’ एसपी मैनालीले भने ।

सन्दीप विदेशमा रहेको र नेपाल आउने बित्तिकै पक्राउ पर्ने मैनाली बताउँछन् । उनी नेपाल नआएको खण्डमा पक्राउ गरेर ल्याउने विभिन्न माध्यम भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले भने सन्दीपको बारेमा अनुसन्धान भइरहेकाले आफू बोल्न नमिल्ने बताए । ‘यो अनुसन्धानको विषय हो । बोल्न मिल्दैन,’ कार्कीले लोकान्तरसँग भने । 

सन्दीपले क्यानलाई आफू निर्दोष रहेको र कानूनी लडाइँ लड्ने भनेको ५ दिनभन्दा धेरै भइसकेको छ । 

सन्दीपनिकट स्रोतले लोकान्तरलाई दिएको जानकारी अनुसार, उनी कानूनी लडाइँ कसरी लड्ने भन्ने बारेमा कानून व्यवसायीसँग परामर्श गरिरहेका छन् । अहिले उनी युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा रहेर कानून व्यवसायीसँग सम्पर्कमा छन् ।

उनी त्यहाँबाट घरपरिवारलाई कसरी व्यवस्थापन गर्ने र कानूनी लडाइँ कसरी लड्ने भन्ने विषयमा कानून व्यवसायीको परामर्श लिइरहेका छन् । 

अहिले सामाजिक सञ्जालहरूमा भने सन्दीप लामिछानेको पक्ष र विपक्षमा तर्कहरू प्रस्तुत भइरहेका छन् ।

प्रहरीले कसरी ल्याउन सक्छ नेपाल ?

सन्दीप लामिछाने नेपाल नआई विदेशमै रहन चाहेको अवस्थामा प्रहरीले इन्टरपोलबाट सजिलै नेपाल ल्याउन सक्ने अवस्था छैन । 

कानूनी प्रक्रिया पुर्‍याएर ल्याउनुपर्ने भएकाले तत्कालै ल्याउने अवस्था नदेखिएको प्रहरी अधिकारीहरू बताउँछन् । 

इन्टरपोलले सामान्यतया जघन्य अपराधमा संलग्न व्यक्तिहरूका लागि ‘रेड कर्नर नोटिस’ जारी गर्न अनुमति दिन्छ । प्रहरी अधिकारीहरूका अनुसार, संगठित अपराध, लागुऔषधको अन्तर्राष्ट्रिय गतिविधि, अन्तर्राष्ट्रिय अपराधिक संगठन, आतकंवाद, हत्यालगायतका अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्नका लागि रेड कर्नर नोटिस जारी गर्ने गरेको छ । 

प्रहरीले सन्दीपका लागि रेडकर्नर नोटिसमा नाम राखेर पक्राउ गर्न पहिला ‘डिफ्युजन नोटिस’ जारी गर्नुपर्छ । त्यसपछि, मात्र ‘रेड कर्नर नोटिस’ जारी गर्नुपर्छ । त्यसका लागि नेपाल प्रहरीले गरेको अनुरोध इन्टरपोल हेड अफिसले मुनासिव देखेमा मात्र रेड कर्नर नोटिस जारी गर्न अनुमति दिन्छ । 

‘रेडकर्नर नोटिस जारी गर्दा यथेष्ट प्रमाणहरु दिनुपर्छ, त्यसको इन्क्वाइरी इन्टरपोल हेडक्वाटरले पनि गर्छ । त्यसपछि मात्रै, रेड कर्नर नोटिस जारी हुन्छ’, एक प्रहरी अधिकारीले लोकान्तरसँग भने ।
यी सबै प्रक्रियाका लागि उनी फरार हुनुपर्छ । अहिले प्रहरीले पक्राउ पुर्जी जारी गरेर अनुसन्धान गरिरहेको छ । उनी दोषी हुन् वा होइनन् भन्ने कुरा अदालतले पुष्टि गरिसकेको छैन । 

यसरी, इन्टरपोलमार्फत नोटिस जारी गरेर सन्दीपलाई नेपाल ल्याउन प्रहरीलाई त्यति सजिलो छैन ।

अर्कोतर्फ, सन्दीप आफै नेपाल आउँछु भनिरहेका छन् । कानूनका जानकारहरू जति ढिलो गर्‍यो त्यति नै बढी उनलाई अप्ठ्यारो पर्ने बताउँछन् । 

सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस

सन्दीपमाथि बलात्कार अभियोग लागेपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा तर्क–वितर्क भइरहेका छन् । 

गायक शिव परियारले पछिल्लो समयमा बलात्कारको विषयमा अरूलाई तारो बनाउन ‘पेशेवर पीडित’हरू सक्रिय रहेको टिप्पणी गरेका छन् ।

उनले बलात्कारको सम्बन्धमा नेपालका कानून केही संशोधन हुनुपर्ने तर्क गरेका छन् । 

गायिका रीमा विश्वकर्माले पनि राज्यलाई योगदान गरेको मान्छेलाई दोषी ठहर नहुँदै कालोसूचीमा राख्नु गलत भएको टिप्पणी गरेकी छन् ।  । 

‘आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तर्राष्ट्रियस्तरको खेलाडीलाई  कालो सूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ ?’, रीमाले प्रश्न गरेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x