०८ साउन २०८३, शुक्रबार

रानीको ‘म गुनासो केको गरुँ’मा धिरेन र उषाको बियोग [भिडियो]

रानीको ‘म गुनासो केको गरुँ’मा धिरेन र उषाको बियोग [भिडियो]

गायिका रानी शाक्यले गुनासो के को गरुँ भन्दै प्रश्न सोधेकी छिन् । 

उनको नयाँ गीत ‘म गुनासो के को गरुँ’मा मन भित्र गुम्सिएका भावनाहरु पोखिएका छन् ।

यो गीतमा राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ ।

गीतकार शाक्यले गीतको माध्यमबाट कसैको पीडालाई व्यक्त गर्ने काम गरेका छन् ।

गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका सफल नायक धिरेन शाक्यले पूर्व मिस नेपाल उषा खड्गीसँग अभिनय गरेका छन् । 

भिडियोमा धिरेनसँग बिताएका पलहरु संझिएर उषाले आँशु बगाएको देख्न सकिन्छ ।

गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् । 

भिडियोमा उत्तम हुमागाँइको छायाँकन, माधव वेल्वासेको सम्पादन छ । 

salt training

कमेन्ट गर्नुहोस्