३१ असार २०८३, बुधबार

हिमालयन बैं‌कले न्युरोड शाखामा सञ्चालनमा ल्यायो 'क्यास डिपोजिट मशिन'

हिमालयन बैं‌कले न्युरोड शाखामा सञ्चालनमा ल्यायो 'क्यास डिपोजिट मशिन'

हिमालयन बैंक लिमिटेडले काठमाडौंको न्युरोड शाखामा क्यास डिपोजिट मशिन सञ्चालनमा ल्याएको छ ।

गत भाद्र २७ देखि बैंकले सो मशिन सञ्चालनमा ल्याएको आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । 

बैंकका अनुसार, यस मशिनबाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्नेछन् । 

सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटीएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ । 

मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । 

हिमालयन बैंकको यस सुबिधाले बैंकका ग्राहकहरुलाई बैकिङ्ग कारोबारको समय अघि–पछि पनि थप सुबिधा मिल्ने बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्