
भारतको राजधानी नयाँदिल्लीस्थित नेपाली दूतावासमा संविधान दिवस मनाइएको छ । सोमवार बिहान ९ बजे भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले झन्डोत्तोलन गरी संविधान दिवस मनाइएको हो ।
दूतावासका कर्मचारीहरूको उपस्थितिमा राजदूत शर्माले झन्डा फहराएका थिए । संविधान दिवसको अवसर पारेर राजदूत शर्माले प्रवासी नेपाली र नेपालका लागि भारतीय पूर्वराजदूतहरूको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् । रात्रिभोज सोमवार साँझ आयोजना हुने छ ।