०६ साउन २०८३, बुधबार

बाबुले ल्याए चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन

बाबुले ल्याए चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन

गायक बाबु बोगटीले आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका छन् । आइतवार राजधानीमा एक कार्यक्रमबीच बाबुले आफ्नो दुई दशकअघिको चर्चित गीतको रिमेक भर्सन सार्वजनिक गरेका हुन् । 

‘सान्नानी’ गीत २०६० सालमा रेकर्ड भएर ०६१ सालमा भिडियोसहित सार्वजनिक भएको थियो । गीत त्यसबेला निकै चर्चित भएको थियो । स्वर्गीय आलोक नेम्बाङको निर्देशनमा तयार भिडियोमा बाबु र अभिनेत्री नन्दिता केसीले अभिनय गरेका थिए । 

मोहित मुनालको एरेन्ज रहेको रिमेक भर्सनको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । साथमा, अभिनेत्री नन्दिता केसीलाई समेत प्रस्तुत गरिएको छ ।

प्रहिल कार्कीको निर्देशन एवं सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोलाई उत्तम हुमागाईँले छायाँकन तथा माधव वेल्वासेले सम्पादन गरेका छन् । गीतमा ज्ञानु बोगटीको शब्द तथा संगीत छ । गायक बाबुले चाँडै नै सान्नानी गीतको दोस्रो भाग ल्याउने समेत जानकारी दिएका छन् । कलाकारहरूको उपस्थितिमा ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्