२८ असार २०८३, आइतबार

डिशहोममा १ वर्षको रिचार्ज गर्दा धनकुटाका सन्तबहादुरले जिते नगद एक लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा धनकुटाका सन्तबहादुरले जिते नगद एक लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा धनकुटाका पाख्रीवास नगरपालिका २, फलाटेका सन्त बहादुर राना मगरले  एक लाख रुपैयाँ जितेका छन् । 

भारद्वाज इन्टरप्राइजेज  डिलर अन्तरगत रहेको केडीएचएएन–१० का योगेश इलेक्टोनिक्स पाख्रीवासका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर सन्त बहादुरले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए । 

डिशहोमको तर्फबाट सेल्स अफिसर मनोज रिजालबाट जितेको पुरस्कार रकम हस्तान्तरण गरेका छन्। 

विजेता सन्त बहादुर राना मगरलाई बधाई दिँदै सम्पूर्ण डिशहोम डिटिएचका ग्राहकहरूले यो योजनामा सहभागी जनाई लाभ लिने विश्वास लिएको कम्पनीले जनाएको छ । 

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ ।

 यो योजना अन्तर्गत डिशहोम डिटीएचका ग्राहकहरूले नजिकैको डिलर दाइकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।

लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमवार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसकिने डिशहोमले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्