×

NMB BANK
NIC ASIA

मोहम्मद हत्या प्रकरण

गोठाटार हत्याकाण्ड : लाल मोहम्मदलाई कसले र किन हान्यो गोली ?

असोज ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सोमवार साँझ साढे ६ बजे गोठाटारमा अज्ञात समूहले गोली हानी हत्या गरेका लाल मोहम्मद भन्ने मोहम्मद दर्जी हत्या आरोपमा जेल बसी आममाफी पाएर छुटेका व्यक्ति रहेको खुलेको छ ।

Muktinath Bank

२०६४ सालमा काठमाडौंको अनामनगर धोबीखोलामा बाराका बलराम पटुवालाई गोली हानी हत्या गरेको अभियोगमा पक्राउ परेका उनी ९ वर्ष जेल बसेर छुटेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीका अनुसार मोहम्मदको घर सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० हो । शुरूमा रसुवा कारागारमा राखिएका उनलाई त्यहाँ लफडा गरेपछि केन्द्रीय कारागारमा सारिएको थियो ।


Advertisment
Nabil box
Kumari

‘त्यो बेलामा लाल मोहम्मदले लफडा नै मच्चाएका थिए, त्यसपछि उनलाई केन्द्रीय कारागार सारिएको थियो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

‘लाल थापाजी’ भनेर चिनिने लाल मोहम्मद र पप्पु गुप्तालाई प्रहरीले पक्राउ गरेको थियो । बलराम पटुवालाई गोली हान्ने काममा संलग्न ५ जनामध्ये उनी एक थिए । 

अहिले प्रहरीले उनको हत्याको सम्भावित कारणहरू खोजिरहेको छ ।

लाल मोहम्मदले प्रहरीलाई सूचना दिएर मुन्ना खान भनिने इल्ताव हुसेन अन्सारी र वाहिद खान पक्राउ परेको शंका गर्दै उनलाई गोली हानिएको हुन सक्ने आशंका प्रहरीलाई छ ।

घटनाको २ वर्षपछि २०६६ सालमा हुसेन अन्सारी पक्राउ परे । तर वाहिद खान भने लाल मोहम्मद जेलबाट छुटेको १ वर्षपछि ३० असोज २०७५ सालमा पक्राउ परेका थिए । 

पक्राउ परेपछि वाहिद खान विजयकुमार श्रीवास्तव नामधारी व्यक्ति भएको भन्ने तथ्य खुलेको थियो ।

प्रहरीमा श्रीवास्तवकी श्रीमतीले नागरिकता लिएर आएपछि त्यो तथ्य खुलेको थियो । उनी नक्कली नागरिकता बनाएर आफ्नो पहिचान लुकाएर बसेका थिए ।

प्रहरी स्रोतका अनुसार श्रीवास्तवले लाल मोहम्मद जेलमा हुँदा गार्मेन्ट व्यवसाय र उनको साम्राज्य सम्हालेका थिए । मोहम्मद जेलबाट छुटेपछि उनीहरूबीच विवाद भएको थियो ।

त्यही विवाद गोली हान्नेसम्मको स्थितिमा पुगेको हुन सक्ने आशंका समेत प्रहरीले गरेको छ ।

‘श्रीवास्तवको परिचय प्रहरीलाई खुलाएको विषयमा विवाद भएको देखिन्छ, त्यसले गर्दा मोहम्मदमाथि हमला भएको हुन सक्ने आशंकाका सम्बन्धमा अनुसन्धान गर्दैछौं,’ एक प्रहरी अधिकारीले भने ।

श्रीवास्तव, २०६४ सालमा मारिएका बलराम तथा अहिले मारिएका मोहम्मद पार्टनर रहेर जाली नोटको कारोवारमा संलग्न रहेको सूचना प्रहरीलाई थियो । 

पछिल्लो समय श्रीवास्तव र मोहम्मदबीच सम्बन्ध बिग्रिएको थियो ।

भारतीय पक्षको गम्भीर चासो

प्रहरी स्रोतको भनाइलाई आधार मान्ने हो भने भारतमा खोजी भइरहेका ‘अन्तर्राष्ट्रिय आतंकवादी’ दाउद इब्राहिमसँग जोडिएर भारतविरुद्ध गतिविधि गरेको आरोपमा भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)ले लाल मोहम्मदलाई खोजिरहेको थियो ।  

भारती नक्कली नोट कारोवार र कन्ट्रयाक्ट किलरको समेत आरोप लागेका उनलाई अन्तर्राष्ट्रिय आतंकवादसँग समेत जोडेर भारतीय पक्षले चासो दिने गरेको प्रहरीका एक उच्च अधिकारीले बताए । 

पछिल्लो समय नक्कली भारु कारोवारमा जोडिनेलाई समेत भारतले आतंकवादी गतिविधिजत्तिकै सिरियस रूपमा लिने गरेको ती अधिकारीको दाबी छ ।

‘भारतीय चासो एउटा पाटो भयो, तर उनलाई अहिले किन गोली हानियो भन्ने विषय अझै रहस्यमै छ,’ विशेष ब्यूरोका एक अधिकारीले लोकान्तरसँग भने ।

प्रहरीले केन्द्रीय कारागारमा रहेका युनिस अन्सारीसँग उनको सम्बन्धका विषयमा समेत अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।

भारतीय सुरक्षा निकायले लाल मोहम्मद, युनिस अन्सारीलगायतका विषयमा समय–समयमा चासो देखाउँदै आएको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । 

यसभन्दा अगाडि पनि गोकर्णेश्वरमा उनीमाथि गोली हान्ने प्रयास भएको अनुसन्धानमा देखिएको छ । 

प्रहरी अधिकारीहरूका अनुसार उनको तिघ्रामा लागेको चोट पुरानो गोलीको हो । उनलाई केही दिनअगाडि गोली हान्ने प्रयास भएको थियो । त्यतिबेला उनी संयोगले बाँच्न सफल भएका थिए । उनले नजिकैको एक अस्पतालमा उपचार गराएका थिए । डाक्टरले तपाईंलाई गोली लागेको हो भन्ने प्रश्न सोध्दा उनले आफू बाइकबाट लडेर चोट लागेको बताएको खुलेको छ ।

त्यसपछि उनले आफूलाई सुरक्षा थ्रेट रहेको भन्दै गोकर्णेश्वरको जम्मुडाँडा प्रहरी चौकीमा निवेदन दिएका थिए । तर त्यो समयमा प्रहरीले उनको विषयमा जानकारी नभएकाले सामान्य लिएको देखिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले लोकान्तरलाई बताए ।

‘त्यहाँ भएका प्रहरीलाई उनको बारेमा ज्ञान भएन, त्यही कारणले सिरियस लिएनन् भन्ने देखिन्छ,’ अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले भने ।

तर उनलाई सुरक्षा थ्रेटको विषय प्रहरी चौकीले प्रहरी वृत्त गौशालालाई जानकारी भने गराएको थियो । यस्तो गम्भीर विषयलाई प्रहरीले सामान्य रूपमा लिँदा गोली चल्ने अवस्था आएको भन्दै केही सुरक्षा अधिकारीहरूले असन्तुष्टि जनाएका छन् ।

‘उनी अपराधी भएपनि कानूनी सजायका विषयहरू छन्, त्यो मार्फत जानुपर्थ्यो, तर सानो हेलचेक्र्याइँले गोली चल्ने, हत्या हुने अवस्थासम्म पुग्यो,’ एक पूर्व सुरक्षा अधिकारीले लोकान्तरसँग भने ।

अहिले प्रहरीको विशिष्टिकृत अनुसन्धान गर्ने विषेश ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको टोली अनुसन्धानमा खटिएको छ । 

प्रहरीले हिजो घटना भएको ठाउँ गोठाटारदेखि विभिन्न ठाउँमा क्लोज सर्किट टीभी (सीसीटीभी) फूटेज झिकाएर अनुसन्धान गरिरहेको छ भने अपराधी भाग्न सक्ने सम्भावित ठाउँहरूमा पनि खोजी कार्य गरिरहेको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x