२८ असार २०८३, आइतबार

डा.गोविन्द केसीले काठमाडौं आउन नमानेपछि रित्तै फर्कियो सेनाको स्काइ ट्रक

डा.गोविन्द केसीले काठमाडौं आउन नमानेपछि रित्तै फर्कियो सेनाको स्काइ ट्रक

डा. गोविन्द केसीलाई लिन धनगढी पुगेको नेपाली सेनाको स्काई ट्रक रित्तै काठमाडौं फर्किएको छ । उनले थप उपचारको लागि काठमाडौं आउन इन्कार गरेपछि गृह मन्त्रालयले पठाएको सो स्काई ट्रक फर्किएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै २०औँ पटक अनसनमा बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि सरकारले थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरेको थियो । पछिल्लोपटक ९ दिनदेखि धनगढीमा अनसन बसिरहेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएको थियो । उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकहरूले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएपछि काठमाडौं पठाउन सुझाव दिएका थिए । 

धनगढीस्थित गीता सत्संग समितिको धर्मशालामा अनसन बसेका केसीलाई गएको  बुधवार स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको थियो । डा. केसीले यसअघि १९ पटक संघीय राजधानी काठमाडौं तथा देशका अन्य भागमा पुगी अनसन बसिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्