२३ असार २०८३, मंगलबार

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको तथ्याङ्कबारे अन्योल

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको तथ्याङ्कबारे अन्योल

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको वास्तविक तथ्याङ्कबारे अन्योलता छ । हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनामा यो समुदायको गणना विवरण पनि समावेश हुन्छ तर वास्तविक सङ्ख्या खुल्दैन । जसले गर्दा वास्तविक जनसङ्ख्याभन्दा निकै कम तथ्याङ्क सङ्कलन हुने गरेको छ । 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सरोकारवालाले सन् २०१३ मा सङ्कलित एक अनौपचारिक तथ्याङ्क प्रस्तुत गर्दै आएका छन् । नीलहिरा समाजका अनुसार यो समुदायको जनसङ्ख्या १० लाखभन्दा बढी छ । यो २०१३ कै अनौपचारिक तथ्याङ्क हो । समाजका केन्द्रीय संयोजक एवं पुरुष तेस्रोलिङ्गी भक्ति शाहले जनगणनाका क्रममा अन्य समुदायका गणकहरु यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरु खुल्न नचाहने हुँदा यकिन तथ्याङ्क सङ्कलन नभएको बताए । 

राज्यले आफ्नो समुदायको बेग्लै गणना गर्नुपर्ने र गणकहरु पनि स्वयं समुदायकै परिचालन हुनुपर्नेमा उनले जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्