
युइएफए नेसन्स लिगमा बेल्जियमले वेल्सलाई पराजित गरेको छ ।
बेल्जियमले घरेलु मैदानमा २–१ को जीत निकालेको हो ।
यस जीतसँगै बेल्जियम लिग ए ग्रुप ४ मा ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित वेल्स १ अंक जोडेर पुछारमा छ ।
यही समूहको अर्को खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २–० ले पराजित गरेको छ । नेदरल्यान्ड्सको जीतमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले गोल गरे ।
यस जीतसँगै अपराजित नेदरल्यान्ड्स ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित पोल्यान्ड ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।