
एनआईसी एशिया बैंकका ग्राहकहरूले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । हाल बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङ एप प्रयोगकर्ता रहेका छन् ।
मोबाइल बैंकिङ एप प्रयोगकर्ताले मोबाइल बैंकिङ एपमा रहेको क्यूआर भुक्तानी गर्ने विकल्प छनोट गरी स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । साथै एनआईसी एशिया बैंकमा खाता नभएका ग्राहकहरूले पनि प्ले स्टोर वा एप स्टोरमा गई एनआईसी एसिया मोबैंक एप डाउनलोड गरी लाइट (वालेट) अकाउन्ट रजिस्टर गरेर पनि सजिलै भुक्तानी गर्न सक्नेछन् ।
यो सुविधा शुरु भएसँगै एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ सेवामा नयाँ आयाम थपिएको छ । साथै स्मार्ट क्यूआरमार्फत भुक्तानी लिने व्यवसायीलाई पनि एनआईसी एशिया बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तासँग भुक्तानी लिन सहज भएको छ ।