फागुन १८, २०८०
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
यतिबेला उत्साह र ‘नर्भसनेश’ दुवै छ उनमा । यद्यपि उत्साहभन्दा ‘नर्भसनेस’ले मुटुको चाल थप बढाएको छ । कुरा हो अभिनेत्री अदिति बुढाथोकीको ।
केही वर्षको अन्तरालपछि उनको करिअरको दोस्रो फिल्म प्रदर्शनको संघारमा छ । दशैंको अवसर पारेर असोज १४ गते (आउँदो शुक्रवार) देखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘बाबरी’ अदितिको आफ्नै होम प्रोडक्सनको पहिलो फिल्म पनि हो ।
फिल्मको प्रदर्शन मिति नजिकिँदा अदितिमा यतिबेला उत्साहभन्दा पनि ‘नर्भसनेश’ बढी देखिएको हो । फिल्मको प्रचारप्रसारमा दिनरात नभनी खटिइरहेकी अदिति सुनाउँछिन्, ‘केही वर्षको ग्यापपछि दोस्रो फिल्म रिलिज हुन लागेको छ । दर्शक, फ्यानहरूको एक खालको अपेक्षा हुन्छ । कस्तो क्यारेक्टर गरेको छ होला अदितिले भन्ने । पहिलेभन्दा राम्रो गरेको होला भन्ने उहाँहरूमा अपेक्षा छ । त्यसैले होला फिल्म रिलिज मिति नजिकिँदा अलि बढी नर्भस छु ।’
यद्यपि फिल्म आफैंमा राम्रो बनेको र आफ्नो भूमिका पनि सशक्त रहेको हुनाले दर्शकले रुचाउने विश्वास पनि लिएकी छन् उनले । फिल्ममा अदिति ‘कन्फिडेन्ट’, ‘बोल्ड’ क्यारेक्टरमा प्रस्तुत छिन् । ‘जिद्धी केटीको क्यारेक्टर निर्वाह गरेकी छु । कस्तो भने – आफूले जे सोचेको छ, त्यो गरेरै छाड्ने खालको । परिवारले भनेको समेत नटेर्ने खालको । केटाहरूसँग पनि नझुक्ने खालको,’ उनले भनिन्, ‘एकदमै कन्फिडेन्ट केटीको क्यारेक्टर छ । उ शिक्षित पनि छ । लाइफमा केही गर्छु भन्ने पनि अठोट छ ।’
फिल्ममा अदितिले निर्वाह गरेको क्यारेक्टर गाउँले युवतीको हो । जुन आफ्नो पहिलो फिल्म ‘कृ’भन्दा बिल्कुलै फरक रहेको उनले बताइन् । शहरमा हुर्किएकी अदितिलाई गाउँले युवतीको भूमिका निर्वाह गर्न केही गाह्रो भएको थियो । वर्कशपमा धेरै अभ्यास भएको र आफूले पनि क्यारेक्टरमा डुब्न मेहनत गरेको उनी बताउँछिन् ।
फिल्ममा गाउँले युवतीको क्यारेक्टर भए पनि शहरका युवतीसँग पनि ‘रिलेट’ हुने उनको भनाइ छ । क्यारेक्टर रियल अदितिभन्दा ठीक उल्टो छ ।
‘बाबरीमा मैले निर्वाह गरेको क्यारेक्टर मेरो रियल जीवनभन्दा निकै फरक छ,’ रिल र रियल अदितिबारे अगाडि भन्छिन्, ‘म एकदमै समझदार छु । फिल्ममा जस्तो जिद्धी पनि छैन । फिल्मको क्यारेक्टरभन्दा पूरै अपोजिट छु भन्दा हुन्छ ।’ सुरेन्द्र पौडेलको निर्देशन रहेको रोमान्टिक, कमेडी जनरामा निर्माण भएको फिल्म ‘बाबरी’मा धिरज मगर र धिरज नाड्कर पनि शीर्ष भूमिकामा छन् । फिल्मको केन्द्रीय भूमिकामा भने अदिति नै हुन् । उनी ‘बाबरी’ नाम गरेकी युवतीको भूमिकामा प्रस्तुत छिन् ।
फिल्मका गीतहरू रुचाइएको छ । ट्रेलरलाई पनि दर्शकले रुचाएका छन् । अदिति फिल्मलाई लिएर आएका प्रतिक्रियाबाट खुशी छिन् । कतिपय साथीहरूले उनलाई अदिति होइन्, ‘बाबरी’ नै भनेर समेत बोलाउने गरेका छन् ।
‘धेरै साथीहरूले हिजोआज मलाई बाबरी भनेर बोलाउँछन्,’ हल्का हाँसोका साथ अदिति भन्छिन् । दशैंको माहोलमा प्रदर्शनमा आउने ‘बाबरी’ रोमान्टिक, कमेडी एवं पारिवारिक फिल्म रहेको बताउँदै यसले फेस्टिभ मूड पनि सेटअप गर्ने अदिति बताउँछिन् ।
‘अनमोलकी हिरोइन’ बनेर ‘डेब्यू’
अदितिको बाल्यकालीन सपना अभिनेत्री बन्ने थिएन । उनी डाक्टर बन्न चाहन्थिन् । आफन्तहरू पनि धेरैजना डाक्टरी पेशामा थिए । आफन्तले बाँचेको डाक्टरी जीवन देख्दै हुर्किइन् अदिति । डाक्टर बन्ने सपनाका खातिर अदितिले साइन्स पढेकी थिइन् तर डाक्टर आफन्तीहरूको व्यक्तिगत जीवन देख्दा अदितिलाई लाग्न थाल्यो – डाक्टरी पेशा त गाह्रो हुँदो रहेछ ।
त्यसपछि डाक्टरको ‘प्यासन’लाई मन मारेर अदिति साइन्सबाट आईटीतिर ‘सिफ्ट’ भइन् । आईटी पढ्दाताकाको कुरा हो, एउटा म्यागेजिनमा आवरण तस्वीर खिचाउने अवसर पाइन् । ‘फोटोसुटका क्रममा ग्ल्यामर क्षेत्रप्रति रुचि भएको महसूस गरें,’ उनले भनिन्, ‘त्यसपछि मेरो सपनामा परिवर्तन आयो ।’ अदिति मोडलिङलाई करिअर बनाउने निधोमा पुगिन् ।
मोडलिङकै लागि उनी पुगिन् बलिउड नगरी मुम्बई । त्यही रहेर मोडलिङमा सक्रिय हुन थालिन् । म्युजिक भिडियो, टीभीसी एडहरूमा अवसर पाइरहिन् । इन्स्टाग्राम र फेसबूकमा अदितिले राम्रो फ्यान, फ्लोइङ बनाइसकेकी थिइन् । सामाजिक सञ्जालमा उनले राख्ने ‘बोल्ड’ तस्वीरहरूको चर्चा नेपाली दर्शकमाझ समेत हुने गरेको थियो । सोहीबखत उनलाई अफर आयो, नेपाली फिल्म ‘कृ’बाट ।
खासमा कृ फिल्ममा अभिनय गर्न अदितिलाई आमाबुवाले नै ‘मोटिभेट’ गरेका थिए । नेपाली फिल्मबारे केही थाहा थिएन अदितिलाई । ‘नेपाली फिल्ममा डेब्यू गर्ने हो भने यो सबैभन्दा राम्रो अवसर हो,’ आमाबुवाले स्क्रिप्ट दिँदै भनेका उनले बताइन् ।
अदिति सुनाउँछिन्, ‘जब फिल्मको स्क्रिप्ट पाएँ, त्यहाँदेखि नेपाली फिल्महरू रिसर्च गरें । अनमोलको फिल्महरू हेर्न थालें । अरु फिल्महरू हेरें ।’ फिल्मको सुटिङ शुरू भयो । चकलेटी अभिनेता अनमोल केसीको को–एक्टर बनेर फिल्ममा देखिइन् । फिल्म प्रदर्शनमा आउँदा दर्शकहरूबाट राम्रै तारिफ पाइन् तर त्यसपछि भने अदिति केही वर्ष फिल्ममा देखिइनन् ।
‘कृ’मा अभिनय गरेपश्चात केही महिना अन्य फिल्म खेल्ने/नखेल्ने अन्योलता देखियो उनमा तर केही महिनापश्चात आफ्नै होम प्रोडक्सन शुरू गर्ने निधो भयो । होम प्रोडक्सनकै फिल्मबाट पर्दामा देखिने अदितिको सोच बनिसकेको थियो तर त्यसबीचमा कोरोनाले असर गर्यो । कोरोना महामारीपछि आफ्नै होम प्रोडक्सनबाट निर्माण भएको ‘बाबरी’मा अदितिले अभिनय गरिन् । अदितिलाई यतिबेला अन्य फिल्महरूबाट अफर आइरहेका छन् । यद्यपि ‘बाबरी’ रिलिज नहुँदासम्म अरु फिल्ममा अभिनय नगर्ने भनेर बसेकी छन् । होम प्रोडक्सनबाट अर्को नयाँ फिल्म पनि निर्माणको घोषणा भइसकेको छ । अदितिलाई लाग्छ, नेपाली फिल्म क्षेत्र ‘ग्रोथ’को बाटोमा छ । प्रतिभावान युवा पुस्ताहरू फिल्ममा आइरहेका छन् ।
‘नयाँ पुस्ताले टिपिकल लभ स्टोरी मात्रै नभएर फरक खालका फिल्महरू बनाइरहनुभएको छ । यसलाई ग्रोथको रूपमा हेरेकी छु,’ उनले बताइन् ।
‘कृ’देखि ‘बाबरी’सम्म आइपुग्दा अदितिमा अभिनयप्रतिको बुझाइमा समेत परिवर्तन आएको छ ।
एउटा कलाकारले फरक–फरक खालाको क्यारेक्टर निर्वाह गर्न चाहने बताउँदै उनले आफूमा पनि त्यो चाहना भएको बताइन् । ‘तर आफूमा क्यारेक्टरलाई जस्टिफाई गर्न सक्छु भन्ने कन्फिडेन्ट चाहिँ हुनुपर्छ,’ उनी भन्छिन्, ‘म त अहिले पनि अभिनयबारे धेरै कुरा सिक्दैछु । आउँदा दिनमा भने हरेक चुनौतीहरू सामना गर्न तयार छु । नयाँ फिल्ममा आफूलाई एक्स्प्लोर गर्न चाहन्छु ।’
अदितिलाई थ्रिलर, एक्सन जनराका फिल्महरू बढी मन पर्छन् । ‘सोही खालका फिल्ममा काम गर्न मन पनि उत्तिकै छ । रोमान्टिक फिल्म गरें । अब महिला केन्द्रित एक्सन फिल्म गर्न मन छ,’ अदिति भन्छिन् ।
तस्वीरहरू : विश्वास खनाल/लोकान्तर डटकम
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...