×

NMB BANK
NIC ASIA

सास्तीमा यात्रु

भाडामा दिनदहाडै ठगिँदै दशैंमा घर जाने यात्रु, विभाग भन्छ– प्रमाणसहित आउनुस्

असोज ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दशैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको चहलपहल बढ्दै गएको छ । काठमाडौंबाट बाहिरिने यात्रुको भीड सार्वजनिक सवारीका टिकट काउन्टरदेखि सवारी साधन छुट्ने स्टेसनसम्ममा बढ्दै गएको छ । यात्रु तत्कालै टिकट लिएर जाने र अनुकुल समयका लागि अग्रिम बुकिङ गर्नेको भीड दैनिकजसो बसपार्कमा बढ्न थालेको छ । 

Sagarmatha Cement
Muktinath Bank

सामान्य दिनको तुलनामा यात्रुको चाप हुने र यात्रु जसरी पनि गन्तव्यतर्फ जानैपर्ने बाध्यताका कारण सार्वजनिक सवारी साधनले भने तोकिएको भन्दा बढी भाडा लिने गरेका छन् । काठमाडौंबाट विभिन्न जिल्ला पुग्ने सवारी साधनले यातायात व्यवस्था विभागले तोकेको भन्दा बढी भाडा लिने गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक सवारीले लिन पाउने भाडाको सूची यातायात व्यवस्था विभागले २७ असारमै सार्वजनिक गरेको छ । इन्धनको मूल्यमा ५ प्रतिशतले घटबढ हुँदा भाडा समायोजन गर्न पाउने अधिकार विभागले दिएको छ । इन्धनमा मूल्य बढ्दा भाडा बढाउने र घट्दा घटाउने नीति विभागले लिएको छ । सोही अनुसार २७ असारपछि भाडा समायोजन भएको छैन । तर, सार्वजनिक यातायातले भने दशैंको मौका छोपेर यात्रुसँग बढी भाडा लिएको गुनासो भने बढेको छ । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

काठमाडौंको नयाँ बसपार्कबाट बिहीबार साँझ रामबाबु बैठा बागलुङ जाने तयारीमा थिए । काठमाडौंबाट बाग्लुङ पुग्न १४ सय रुपैयाँको टिकट लिएका बैठा आफू जाने गाडी खोज्न थाले । अघिपछि १२/१३ सयसम्म पाइने टिकट यसपालि उनले १४ सय भन्दा घटीको पाएनन् । ‘घर जान भनेर बसपार्क आइसकियो, अब टिकट महंगो भने भनेर फर्केर जाने कुरा भएन, जानैपर्ने भएकाले १/२ सय बढी परे पनि बाध्यताले टिकट लिएँ,’ बैठाले भने । 

बिहीवार साँझ नै नयाँ बसपार्कमा भेटिएका नेपालगञ्जका भीमबहादुर घर्ती पनि ३ घण्टा अगाडि नै टिकट काटेर बसिसकेका थिए । साँझ ५ बजे छुट्नुपर्ने गाडी ६ बजेसम्म बसपार्क आइपुगेको थिएन । जाममा परेको उक्त सवारी कुरेर बसिरहेका घर्तीले पनि टिकट महंगो परेको गुनासो गरे ।

धर्तीको हातमा सेवा सगरमाथा नामक सवारीलाई २१ सय रुपैयाँ तिरेर लिएको बोर्डिङ पास थियो ।

यातायात व्यवस्था विभागले काठमाडौं नेपालगञ्जको सूचीकृत भाडादर १५२२ रुपैयाँ सार्वजनिक गरेको छ । यसमा स्तरीय डिलक्सले २० प्रतिशत जोडेर १८२७ रुपैयाँसम्म लिने व्यवस्था छ । तर, यो गन्तव्यका लागि सबैजसो सवारी साधनले २१ सय भाडा लिइरहेका छन् । 

बर्दियाका गोपाल रिमालले पनि दशैंअगाडि घर जान २४५० रुपैयाँ तिरेर टिकट लिएका थिए । उनलाई पनि यसपटक टिकट महंगो परेको अनुभूति भइरहेको थियो । दशैंको मौका छोपेर बढी शुल्क लिएको हुनसक्ने बुझाइ रिमालको छ । उनले गन्तव्यमा पुग्नैपर्ने र त्यो भन्दा कममा नपाइने भनेपछि महंगै परे पनि टिकट लिनुपरेको बाध्यता सुनाए ।

अघिपछि एक हजार रुपैयाँमा काठमाडौंबाट जनकपुर जाने गरेकी रिना झाले पनि शनिवार १२ सय रुपैयाँ खर्चिएर यात्रा गरिन् । सामान्य दिनको तुलनामा २ सय महंगो परेको उनले बताइन् ।

दशैंको समय र घर जानुपर्ने भएकाले बढी तिर्न बाध्य भएको उनको भनाइ छ । 

यातायात व्यवस्था विभागले छोटो, मध्यम र लामो दूरीका अन्तरप्रदेश रुटहरूमा कायम भएको भाडादर सार्वजनिक गरेको छ । उक्त भाडादरमा सवारी साधनको रुट, दूरी र पछिल्लोपटक बढेको भाडादर राखेको छ ।

उक्त भाडादर आम सर्वसाधारणले प्रयोग गर्ने सामान्य सवारीको दर भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए । पनेरुका अनुसार यो भाडादर नर्मल हो । यसमा स्तरीय डिलक्सका सवारीले ब्लुबूकमै स्तर प्रमाणित गराएको हकमा भने थप २० प्रतिशत भाडा लिन पाउने व्यवस्था गरिएको छ । 

विभागले स्तरीय डिलक्स सवारीले थप २० प्रतिशत भाडा लिन पाउने व्यवस्था गरेका छ । सवारी साधनले अहिले दशैैंका लागि लिइरहेको भाडा भने तोकिएको र प्रकाशित सीमाभन्दा २५ प्रतिशतसम्म बढी पाइएको छ । 

विभागका प्रवक्ता पनेरु सामान्य भाडाको तुलनामा डिलक्सले २० प्रतिशत र स्तरीयले अर्को २० प्रतिशत थप गर्न पाउने भएपनि त्यसभन्दा बाहिर गएर भाडा लिन नमिल्ने बताए ।

कसैले तोकिएको सीमाभन्दा बढी भाडा लिएको पाइए कारवाही हुने पनेरुले बताए ।

यस्तो कारवाही विभागले गर्ने अनुगमन र यात्रुले प्रमाणसहित दिने उजुरीका आधारमा हुन्छ । यात्रुले बढी भाडा तिरेको वा ठगिएको गुनासो गरेको अवस्थामा मात्रै विभागले आवश्यक कारवाही गर्न सक्ने उनको भनाइ छ ।

पनेरुले भने, ‘सामान्य सार्वजनिक सवारीले पनि डिलक्स र डिलक्सले सुपर डिलक्सको भाडा लिएको हुन सक्छ । विभागले पनि कुनै गुनासो वा उजुरीविना कारवाही गर्न सक्दैन । बढी भाडा लिएको पाइए विभागले आवश्यक कारवाही पक्कै गर्छ, त्यसका लागि प्रमाणसहित आउनुपर्ने हुन्छ ।’

यातायात व्यवसायी योगेन्द्र कर्माचार्य भने तोकिएको भन्दा बढी भाडा नलिएको दाबी गर्छन् । उनले भने, ‘विगतका वर्षजस्तो बढी भाडा लिने र सिस्टम नबनेको भन्ने छैन । पोहोरभन्दा यो वर्ष राम्रो र यो वर्ष भन्दा अर्काे वर्ष राम्रो सिस्टम बन्दै गएको छ । यात्रु ठगिने र बढी भाडा लिने विषय विगतका वर्षहरूमा हुने गरे पनि अब हुन छाडिसक्यो ।’ यदि कसैले लिएको गुनासो आए नेपाल यातायात व्यवसायी महासंघ र यातायात व्यवस्था विभाग दुबैले कारवाही गर्न सक्ने पनि कर्माचार्यले बताए । 

स्वरोजगार यातायात मजदुर संगठनका अध्यक्ष खड्गबहादुर गिरीले विभागले दिएको सीमाबाहिर गएर भाडा नलिएको बताए । त्यो भन्दा बढी भाडा लिएर जाने सवारी तोकिएको गन्तव्य मात्रै नभएर त्यसभित्रको स्थानीय रूटमा पनि पुगिरहेको तर्क उनको छ ।

गिरीले काठमाडौंबाट पोखरा जाने माइक्रो, डिलक्स, सुपरडिलक्स र पर्यटक सवारी सबैको भाडा फरकफरक भएजस्तै आरामदायी यात्रा गराउने आधारमा भाडा फरक पर्ने बताए ।

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x