०१ साउन २०८३, शुक्रबार

नेपाल बैंकको संदेशमूलक दशैं भिडियो ‘मामाघर’ सार्वजनिकः डिजिटल बैंकिङको जोड

नेपाल बैंकको संदेशमूलक दशैं भिडियो ‘मामाघर’ सार्वजनिकः डिजिटल बैंकिङको जोड

नेपाल बैंक लिमिटेडले दशैंको अवसरमा सन्देशमूलक भिडियो ‘मामाघर’ सार्वजनिक गरेको छ । दशैंमा बालबच्चाहरूको मामाघरप्रतिको मोह तथा बालमनोविज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा चाडपर्व दिदी-भाइ तथा दाजु-बहिनीहरूको माया ममता तथा सम्झनालाई समेत मार्मिक ढंगले प्रस्तुत गरिएको देखिन्छ । 

करिब ३ मिनेटको यो भिडियोमा छोरीको बुद्दिमतापूर्ण व्यवहारले लामो समयको अन्तरालमा आमा र मामाको भेट सम्भव भएको छ, भने दशैंमा मामाघरमा गई टिका लगाउन छोरी सफल भएको देखाइएको छ । 

सानो छँदाको दिदी–भाइको माया स्नेह विवाहपश्चात विस्तार कम हुँदै गई दूरी बढ्ने र एकले अर्कोलाई बेवास्ता गर्ने हाम्रो समाजको यथार्थपरक चित्रण गर्दै दिदी–भाइ तथा दाजु–बहिनीको माया सधैं प्रगाढ रहिरहनुपर्ने सन्देशसमेत भिडियोले दिएको छ । 

त्यसैगरी डिजिटल बैंकिङको प्रयोगलाई प्रबर्द्धन गर्ने मनसायसमेत भिडियोमा देखिएको छ  । नेपाल बैंकले आफ्नो आधिकारिक फेसबुक पेज र युट्युबमार्फत सो भिडियो सार्वजनिक गरेको हो ।

नेपालभर २१९ शाखाहरू, १८६ एटिएम  साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । 

विगत केहीवर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल अधिराज्य बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैकप्रतिको आकर्षण दिन–प्रतिदिन बढ्दै गएको देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्