माघ १२, २०७९
नबिल बैंक लिमिटेडले सीजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ । आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्न सीजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको...
काठमाडाैं | असोज १२, २०७९
नेपाल बैंक लिमिटेडले दशैंको अवसरमा सन्देशमूलक भिडियो ‘मामाघर’ सार्वजनिक गरेको छ । दशैंमा बालबच्चाहरूको मामाघरप्रतिको मोह तथा बालमनोविज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा चाडपर्व दिदी-भाइ तथा दाजु-बहिनीहरूको माया ममता तथा सम्झनालाई समेत मार्मिक ढंगले प्रस्तुत गरिएको देखिन्छ ।
करिब ३ मिनेटको यो भिडियोमा छोरीको बुद्दिमतापूर्ण व्यवहारले लामो समयको अन्तरालमा आमा र मामाको भेट सम्भव भएको छ, भने दशैंमा मामाघरमा गई टिका लगाउन छोरी सफल भएको देखाइएको छ ।
सानो छँदाको दिदी–भाइको माया स्नेह विवाहपश्चात विस्तार कम हुँदै गई दूरी बढ्ने र एकले अर्कोलाई बेवास्ता गर्ने हाम्रो समाजको यथार्थपरक चित्रण गर्दै दिदी–भाइ तथा दाजु–बहिनीको माया सधैं प्रगाढ रहिरहनुपर्ने सन्देशसमेत भिडियोले दिएको छ ।
त्यसैगरी डिजिटल बैंकिङको प्रयोगलाई प्रबर्द्धन गर्ने मनसायसमेत भिडियोमा देखिएको छ । नेपाल बैंकले आफ्नो आधिकारिक फेसबुक पेज र युट्युबमार्फत सो भिडियो सार्वजनिक गरेको हो ।
नेपालभर २१९ शाखाहरू, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।
विगत केहीवर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल अधिराज्य बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैकप्रतिको आकर्षण दिन–प्रतिदिन बढ्दै गएको देखिन्छ ।
नबिल बैंक लिमिटेडले सीजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ । आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्न सीजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैंकहरू पनि मर्जर हुनुपर्ने बताएका छन्। मंगलवार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय निजी क्ष...
सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर जिल्लाको लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सोमवार औपचारिक कार्यक्रमको आयोजना ग...
एनआईसी एशिया बैंक लिमिटेडले चालू आव २०७९/८० को दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विव...
हिमालयन बैंक लिमिटेडलेले ३० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। जसअन्तर्गत नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुच्छ्रे गाउँपालिका-१ मा रहेको माछापुच्छ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशु...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ६८ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६८ दशमलव ५३ मा सीमित भ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...