२३ असार २०८३, मंगलबार

दशैंमा एससीटीको बडा छुट अफर : भाटभटेनीमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा थप छुट

दशैंमा एससीटीको बडा छुट अफर : भाटभटेनीमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा थप छुट

नेपालीहरूको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्यूआरले भाटभटेनी र एनआईसी एशिया बैंकसँगको सहकार्यमा विजयादशमीको अवसरमा ‘बडा छुट अफर’ सार्वजनिक गरेको छ । यस अवसरअन्तर्गत ग्राहकहरूले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा थप १० प्रतिशत वा रू. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यो अफर भाटभटेनीका सबै शाखाहरूमा लागू हुनेछ । स्मार्ट क्यूआरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरूले यो अफरअन्तर्गत छुट प्राप्त गर्न सक्नेछन् ।

विजयादशमीमा हुने किनमेल कारोबारमा स्मार्ट क्यूआर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रवद्र्घन गर्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरिएको हो । भाटभटेनीका कुनै पनि शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआईसी एशिया मो बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, क्यु पे तथा  विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्