०४ साउन २०८३, सोमबार

कुमारी क्यापिटल भुजुङ हाइड्रोको बिक्री प्रबन्धक नियुक्त

कुमारी क्यापिटल भुजुङ हाइड्रोको बिक्री प्रबन्धक नियुक्त

भुजुङ हाइड्रोपावर लिमिटेडले साधारण शेयर सर्वसाधारणहरूमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । प्रति शेयर १०० रूपैयाँ अंकित दरको ५ लाख ८५ हजार कित्ता शेयर निष्काशनका लागि कुमारीलाई बिक्री प्रबन्धक नियुक्त गरिएको हो । 

उक्त सम्झौता—पत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेमराज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । हाल भुजुङ हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी रु. ५० करोड रूपैयाँ, जारी पूँजी रु. ४३ करोड रूपैयाँ, र चुक्ता पूँजी रु. ३२.७२५ करोड रूपैयाँ रहेको छ । 

सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावाट क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ । आयोजनाको कुल लागत रु. ३९ करोड रहेको छ भने कम्पनीले आयोजनाको कुल लागतको १५ प्रतिशत अर्थात रु. ५.८५ करोडको साधारण शेयर सर्वसाधारणहरूमा निष्काशन गर्न लागेको हो । यो आयोजना लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।

salt training

कमेन्ट गर्नुहोस्