
नेपालीहरूको महान चाड विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दशैं विशेष ५ वटा रेसिपीहरू तयार गरेको छ ।
दशैंमा विशेष खाइने परिकारहरू सेल रोटी, खसीको पक्कु, आलु/कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ ।
सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरू दशैंको लागि अत्यन्तै उपयुक्त छन् ।
कोका–कोला बोतलको लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरू हेर्न सकिनेछ भने कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपी भिडियोहरू उपलब्ध हुनेछन् ।
यसको साथै उपभोक्ताहरूले आफुले बनाएको परिकारको भिडियो कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्नेछन् ।
यसरी भिडियो राख्ने मध्य ३ जना भाग्यशाली विजेताहरूले सेफ सन्तोष शाहसँग भेट्ने मौका पनि पाउन सक्नेछन् ।
उक्त सहकार्यको बारेमा बोल्दै सेफ सन्तोष शाहले भने, 'दशैंको कुरा गर्नासाथ हाम्रा परम्परागत स्वादिला खानाहरूको पनि कुरा आइहाल्छ । यो वर्ष मैले कोका–कोलासँग मिलेर दशैंमा खाइने ५ विशेष परिकारहरूको रेसिपी यहाँहरूलाई दिँदैछु । यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरू पनि थपेको छु । आशा छ, यहाँँहरूले पनि आफ्नो प्रियजनहरूसँग यो रेसिपी बनाउनुहुनेछ र सँगै बसेर रमाइलो गर्दै खानुहुनेछ । यसरी यी परिकारहरू बनाएको भिडियो चाँहि सामाजिक सञ्जालमा पनि राख्नुहोला ।'
यस्तै कोका–कोला नेपालका कन्ट्रि डाइरेक्टर आदर्श अवस्थीले भने, 'नेपालीहरू आफ्नो चाडपर्व र आफ्नो मौलिक स्वादप्रति एकदमै गर्व गर्नुहुन्छ । त्यसैले वहाँँहरूको लागि मास्टर सेफ सन्तोष शाहसँग मिलेर दशैं विशेष परिकारहरूको रेसिपी प्रदान गर्न पाउँदा हामी पनि उत्तिकै उत्साहित छौँ । हामीलाई आशा छ वहाँँहरूले पनि यी रेसिपीहरू बनाउनु हुनेछ र चिसो कोका –कोलासँग स्वाद लिनुहुनेछ ।'
कोका–कोलाले यो वर्षको आफ्नो दशैं क्याम्पेनको एउटा भागको रुपमा मास्टर सेफ सन्तोष शाहसँग सहकार्य गरेको हो । 'सम्बन्ध उत्सव स्वादसँग' थिम राखिएको यो क्याम्पेनले दशैंको मुख्य आकर्षण सम्बन्ध र खानाको स्वादलाई प्रतिविम्वित गरेको छ ।